काठमाडाैं- म्यानमारमा बर्मेली सुरक्षा फाैजले कामबाट फर्किएका एक दम्पतीलाई गाेली प्रहार गरेकाे छ। आइतबार राति मान्डलेकाे म्या यी नान्दार हाउजिङ कम्प्लेक्सबाट फर्किएका दम्पतीलाई गाेली हानिएकाे हाे।
म्यानमार नाउका अनुसार गाेली लागेर २४ वर्षीया महिलाकाे मृत्यु भएकाे छ। उनकाे पति भने घाइते रहेकाे बताइएकाे छ। 'उनीहरुलाई रोक्न भनियाे। जब पतिले मोटरसाइकल रोक्दै थिए त्यहीबेला गोली हानियाे। उनका पति भागेका थिए तर ती महिला भाग्न सकिनन्,' एक जना प्रत्यक्षदर्शीले भने।
गत शुक्रबार पनि म्यानमारमा सुरक्षा फाैजले चलाएकाे गाेली लागेर दक्षिण कोरियाको शिन्हान बैंककी महिला कर्मचारी ३३ वर्षीय सु सु चीकाेकाे मृत्यु भएकाे थियाे। उनीमाथि ताम्वे टाउनकाे यू चित मउग सडकमा सुरक्षा फाैजले गाेली मानेका थिए।
समाचारमा जनाइएअनुसार उनी सवार गाडीलाई सुरक्षा फाैजले राेक्न आदेश दिएकाे थियाे। राेकेपछि सुरक्षा फाैजले डाइभरसहित गाडीमा आगाे लगाएका थिए।
प्रजातन्त्र पुनःस्थापनाको माग गर्दै भइरहेको शान्तिपूर्ण प्रदर्शनमा सेनाले व्यापक दमन गरिरहेको छ। एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार म्यानमारमा सैन्य ‘कू’विरुद्ध जारी प्रदर्शनमा ४६ बालबालिकासहित ५५९ जनाको मृत्यु भएको छ।
हालसम्म २७ सय ५१ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको लिइएको छ। म्यानमारमा बिहान साढे ८ देखि बेलुका ९ बजेसम्म कर्फ्यू लगाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।