काठमाडौं- भारतीय गृहमन्त्री अमित शाहले देशले माओवादीविरुद्धको लडाइँ जित्ने बताएका छन्।
छत्तिसगढमा गत शनिबार मारिएका सेना तथा प्रहरीलाई अन्तिम श्रद्धान्जली दिन जगदपुर पुगेका शाहले लडाइँ यही अन्त नभएको भन्दै जित देशकै हुने बताएका हुन्।
छत्तिसगढमा गत शनिबार माओवादी विद्रोहीले गस्तीमा रहेका सेना तथा प्रहरीलाई आक्रमण गर्दा २० जनाको मृत्यु भएको थियो। विद्रोहीले सुकमा र बिजापुरको बोर्डरमा रहेका जंगलमा लुकेर आक्रमण गरेका थिए।
‘म देशलाई यो विश्वास दिलाउन चाहन्छु कि लडाइँ रोकिने वाला छैन। यो तीव्रगतिमा अगाडि बढ्छ। अन्तिममा नक्सलवादीविरुद्ध हाम्रो जित निश्चित छ,’ उनले भने।
शाहले सोमबार नै छत्तिसगढका मुख्यमन्त्री भुपेश बघेलसँग माओवादी आतंकको बारेमा छलफल गरेका थिए।
यता माओवादीले एक सुरक्षाकर्मीलाई बन्धक बनाएको दावी गर्दै आएका छन्।
‘यो लडाइँ प्रहरीसँग होइन सरकारसँग हो। प्रहरीले हतियार उठाएर जनता शोषित सरकारको साथ दिरहेका कारण यो आक्रमण गर्नुपरेको हो,’ माओवादीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।