काठमाडौं- दक्षिणी बंगलादेशको रोहिन्ज्या शरणार्थी शिविर नजिकै रहेको अस्थायी बजारमा आगलागी हुँदा कम्तिमा ३ जनाको मृत्यु भएको छ। घटनमा २० भन्दा बढी पसलहरू जलेर ध्वस्त भएको छ।
स्थानीय प्रहरी प्रमुख अहमद सन्जुर मोर्शेदका अनुसार दुई हप्तामै दोस्रोपटक यहाँ आगोलागी भएको हो। ‘आगो नियन्त्रण लिन घण्टौं लागेको थियो। पूर्ण नियन्त्रणमा आएपछि उनीहरुको शव निकालिएको थियो। आगोलागीमा परेर अन्य धेरै व्यक्तिहरू घाइते भएको छन्,’ उनले भने।
यता घटनामा मृत्यु भएका पाँच मध्ये तीन जना पसलमा काम गर्ने कामदार रहेको पुष्टि भएको छ। ‘हाम्रो पसलमा पाँच जना कामदार थिए। उनीहरु पसलमै सुतिरहेका थिए तीमध्ये तीन जना हराइरहेका थिए। आगो नियन्त्रणमा आएपछि उनीको शव फेला गरेको थियो,’ अल्लाहको अनुग्रहबाट दुईजना बाँचे,’ अनिसुल मुस्तफाले एपीलाई भने।
स्थानीय अग्नि नियन्त्रक प्रमुख इम्दादुल होक्युकका अनुसार आगो द्रुतगतिमा नियन्त्रण नलिएको भए बजारका हजारौं रोहिन्ज्या शरणार्थी अस्थाइ शिविर जल्ने थिए। आगोलागी भएको समयमा ६ लाख रोहिन्ज्या सुतिरहेको बताइन्छ।
बंगलादेशमा छिमेकी म्यानमारबाट भागेर आएका करिब १० लाख मुस्लिम शरणार्थीहरू बसोबास गरिरहेका छन्। मार्च २२ मा भएको आगलागीमा १५ जनाको ज्यान गएको थियो भने ४५ सयभन्दा बढी विस्थापित भएका थिए। लगत्तै सरकार र अन्तर्राष्ट्रिय संस्थाहरुले वस्ती पुनः निर्माण गरेका थिए। तर, हालसम्म पनि आगो कसरी लाग्यो भन्ने स्पष्ट भइसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।