काठमाडाैं- भ्रष्टाचारकाे आराेप लागेका भारतको महाराष्ट्र राज्यका गृहमन्त्री अनिल देशमुखले राजीनामा दिएका छन्। सोमबार मुख्यमन्त्री उद्धव ठाकरेलाई उनले राजीनामा बुझाएका हुन्।
केहीदिन अगाडि मात्रै पूर्वप्रहरी कमिश्नर परमवीर सिंहले मुख्यमन्त्री ठाकरेलाई पत्र लेख्दै देशमुखले प्रहरी अधिकारीलाई मासिक एक सय करोड उठाउने लक्ष्य दिएको आरोप लगाएका थिए।
देशमुखले सई सचिन वझेलाई मुम्बईका रेस्टुराँ, बार र हुक्का बारबाट १०० करोड भारु असुल्न आदेश दिएको भन्दै सिंहले आदेश दिएका थिए।
त्यसलगत्तै केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई)ले सोमबार मात्र उक्त मामिलामा अनुसन्धान गर्न मुम्बई उच्च अदालतबाट स्वीकृति लिएकाे थियाे। अदालतले यस विषयमा १५ दिनभित्र अनुसन्धानको प्रतिवेदन बुझाउन पनि निर्देशन दिएको छ।
देशमुख लामो समयदेखि महाराष्ट्रको मन्त्री रहँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।