फाइल तस्बिर/एजेन्सी
काबुल- अफगानिस्तानको राजधानी काबुलको बाहिरी इलाकामा रहेको एक स्थानमा भएको बम विस्फोटमा परी एक सैनिकको मृत्यु भएको छ।
सडक किनारमा राखिएको विस्फोटक पदार्थ विस्फोटन हुदाँ एक सैनिकको मृत्यु हुनुको साथै अन्य चार सैनिक घाइते भएका प्रहरी स्रोतले पुष्टि गरेको छ।
यस विस्फोटमा कुनै समूहको हात रहेको हो सो भने प्रस्ट भएको छैन। अफगानिस्तानमा सडक किनारमा बम विस्फोट गराउने यसअघि प्रायः तालिबान लडाकू समूहले गराउँदै आएका छन्। यसपटक पनि सोही समूहको हात रहेको आशंका प्रहरीको रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।