काठमाडौं–नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्यमा सामान्य कमी आएको छ।
स्थानीय बजारमा सोमवार सुनको भाउ २ सय रुपैयाँले ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमवार छापावाला सुन प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
शुक्रवार ८६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार स्थिर रहेको थियो।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भइरहेकोे छ। शुक्रवार तेजाबी सुन प्रतितोला ८५ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।
शुक्रवार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी सोमवार १२ सय २५ रुपैयाँमा खरीदविक्री भइरहेको महासंघले जनाएको छ।
शुक्रवारको तुलनामा सोमवार चाँदी ५ रुपैयाँले घटेको हो। आइतबार चाँदीको मूल्य पनि स्थिर हरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।