काठमाडौं– इन्डोनेसियामा बाढीपहिरोको कारण कम्तीमा ७५ जनाको ज्यान गएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
बाढीमा अझैं ४२ जनाभन्दा धेरै हराइरहेको समाचारहरुमा उल्लेख छ।
इस्ट नुसा तेन्गारा प्रान्तमा बाढीपहिरो आएको इन्डोनेसियाको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयले जनाएको छ।
बाढीमा फसेकाको उद्धार तथा हराइरहेकाको खोजी कार्य भइरहेको छ । बाढीबाट हजारौँ मानिस विस्थापित भएका छन् ।
बाढीका कारण दश हजारभन्दा बढी घरमा क्षति पुगेको समाचारहरुमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।