फाइल तस्बिर
काठमाडौं–कोरोनाभाइरस संक्रमण तीव्र गतिमा फैलिएसँगै भारतको महाराष्ट्र राज्यमा सोमवारदेखि प्रतिबन्धात्मक व्यवस्था लागु हुने भएको छ।
कोरोना रोकथामका लागि भन्दै रातिको समयमा कर्फ्यु लगाइने छ भने सप्ताहान्तका बेला राज्यमा पूर्ण रूपमा लकडाउन लागु हुने बताइएको छ।
भारतमा आइतवार एकैदिन थपिएका ९३ हजार २४९ संक्रमितमध्ये आधा भन्दा बढी महाराष्ट्रमा रहेको बताइएको छ।
शुक्रवारको टेलिभिजन सम्बोधनका क्रममा महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले केही मानिसहरूले सुरक्षाका उपायहरू नअपनाएको र मास्क लगाउन छाडेका कारण खोप लगाएपछि पनि केही संक्रमित भएको बताएका थिए।
सोमबारदेखि महाराष्ट्रमा स्थानीय समय अनुसार रातको आठ बजेदेखि बिहानको सात बजेसम्म कर्फ्यु लागु हुनेछ। शुक्रवार राति आठ बजेदेखि पूर्ण रूपमा लकडाउन लागु हुनेछ र सोमवार बिहान सात बजेसम्म कायम रहने बताइएको छ।
लकडाउनको समयमा अत्यावश्यक सेवा मात्र सञ्चालनमा रहने अधिकारीहरुले बताएका छन्।
सार्वजनिक सवारी साधन भने चल्ने छन् भने पसल, बार अनि रेष्टुराँले टेक एन्ड अबे तथा डेलिभरी गर्न सक्नेछन्।
सरकारी कार्यालयहरूमा ५० प्रतिशत कर्मचारीहरूलाई मात्रै बोलाउन भनिएको छ।
यी प्रावधान अप्रिल ३० तारिखसम्म लागु हुने सरकारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।