काठमाडौं–भारतमा नक्सलवादीको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ।
भारतको छत्तीसगढ राज्यअन्तर्गत पर्ने विजपुरमा शनिबार भएको अक्रमणमा परी सुरक्षाकर्मीको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन्।
‘छत्तीसगढको सुक्मा—विजपुरमा नक्सल विद्रोहीको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको ज्यान गएको छ,’ स्थानीय प्रहरी प्रमुख कमलोचन कश्यपले भने, ‘घटनामा परी थप ३१ जना घाइते पनि भएका छन्।’
घटनामा परी घाइते भएकाहरु खतरामुक्त रहेको छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले बताए। २१ जना प्रहरी सम्पर्कविहीन रहेको र उनीहरुको खोजी भइरहेको पनि उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।