काठमाडाैं- अफ्रिकी मुलुकहरुले कोभाक्स सुविधा र द्विपक्षीय सम्झौता अन्तर्गत करिब दुई करोड ९१ लाख काेराेना भाइरसविरुद्धकाे खाेपकाे डोज खोप प्राप्त गरेका छन्।
अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सिडिसी)ले यसै साताको सुरुमा जोन्सन एन्ड जोन्सन र अफ्रिकी खोप कार्यदलबीच सम्झौता भएको थियाे।
सिडिसीका अनुसार बिहीबारसम्म प्राप्त भएको खोपमध्ये एक करोड ३ लाख डोज खोप लगाइसकिएको छ।
मुख्यगरी स्वास्थ्य कार्यकर्ता, विभिन्न रोगको जोखिममा रहेका तथा ५० वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिहरुलाई खाेप लगाइएकाे थियाे।
सम्झौता बमोजिम जोन्सन एन्ड जोन्सनले अफ्रिकी युनियनका सदस्य राष्ट्रहरुलाई २२ करोड डोज खोप उपलब्ध गराउने छ। साथै, १८ करोड डोज खोप थप खरिद गर्न सकिनेसमेत सम्झौतामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।