• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ १६, २०८३ Sat, May 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

सरकारी दमन जारी रहे म्यानमारमा गृहयुद्ध निम्तन सक्छ : जर्मनी

64x64
नेपाल लाइभ आइतबार, चैत २२, २०७७  १८:१९
1140x725

काठमाडौं- जर्मनीका विदेशमन्त्री हेको मासले म्यानमारमा जुन्ता सरकारले जनतामाथि दमन जारी राखे मुलुकमा गृहयुद्ध निम्तनसक्ने चेतावनी दिएका छन्। शान्तिपूर्ण आन्दोलनमा पनि सेनाले व्यापक दमन गरेको भन्दै गृहयुद्ध निम्तनसक्ने चेतावनी दिएका हुन्।

म्यानमारका तीन धार्मिक सशस्त्र विद्रोही समूह टाङ लिबरेसन आर्मी, म्यानमार नेशनलिटिज डेमोक्रेटिक एलायन्स आर्मी र अराकान आर्मीले सेनाले जनतालाई मार्ने क्रम जारी राखे प्रदर्शनकारीहरुसँग सहकार्य गर्दै सेनाविरुद्ध लड्ने चेतावनीसमेत दिइसकेका छन्। 

‘म्यानमारको सेनालाई विश्वभरबाट दबाब दिइएको छ। तर, यति गर्दापनि दमन रोकिएको छैन। एसियाका कुनैपनि देश म्यानमारलाई गृहयुद्धको आगोमा डुबेको हेर्न चाहँदैनन्। त्यसैले विश्वका सबै देशले आफ्नो प्रभाव प्रयोग गर्न र त्यहाँको प्रजातान्त्रिक प्रणालीको पुनर्बहालीका लागि आग्रह गर्न अपील गर्दछु,’ आइतबार जर्मन अखबारलाई अन्तर्वार्ता दिँदै उनले भने। 

गत फेब्रुअरी १ मा बर्मेली सेनाले ‘कू’ गरेसँगै प्रजातन्त्र पुनर्बहालीका लागि म्यानमारमा निरन्तर प्रदर्शन हुँदै आएको छ। एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार जारी प्रदर्शनमा ४६ बालबालिकासहित ५५७ भन्दा बढीको मृत्यु भएको छ।

एएफपीका अनुसार सेनाविरुद्धको आन्दोलनको क्रममा दुई हजार ७५० भन्दा बढी मानिसहरु पक्राउ परेका छन्। यता मानवअधिकारवादी समूह ह्युमन राइट्स वाच (एचआरडब्ल्यू)ले म्यानमारको जुन्ता सरकारले प्रजातन्त्र पक्षधर सयौं प्रदर्शनकारीलाई बेपत्ता बनाएको आरोप लगाएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

‘म्यानमारमा सेनाले विगत दुई हप्तामा धेरैको ज्यान लिएको छ। सयौं मारिए र हजारौं सेनाको डरका कारण देश छाडेर भागेका छन्। यो चिन्ताको बिषय हो,’ उनले भनेका छन्।

म्यानमार नाउका अनुसार म्यानमारका सेनाले पूर्वी सिमाना नजिकको मुट्र जिल्लाका क्षेत्रमा रहेका शिविरलाई लक्षित गरेर हवाई आक्रमण गर्दा ३ हजारभन्दा बढी थाइल्याण्ड शरण लिन पुगेका छन्।

यता, म्यानमारका लागि संयुक्त राष्ट्रकी विशेष दूत क्रिस्टिना सार्नरले पनि म्यानमारमा गृहयुद्ध हुनसक्ने चेतावनी दिएकी थिइन्। ‘म्यानमारको सैनिक शासन निरंकुश हुँदै गइरहेको छ, जनताको मनमा ठूलो क्रोध छ। यस्तो अवस्थामा त्यहाँ गृहयुद्ध हुने प्रबल सम्भावना छ,’ उनले भनेकी छिन्।

अमेरिका, बेलायत र युरोपेली युनियनले सत्ताविद्रोहमा संलग्न प्रहरी र सेनाका वरिष्ट कमान्डरका साथै सेनाको नियन्त्रणमा रहेका व्यापारिक एवं व्यवसायिक कम्पनीमाथि विभिन्न किसिमका प्रतिबन्धहरु घोषणा गरिसकेका छन्। 

चीनले पनि म्यानमारको अवस्थालाई ध्यानमा राख्दै एसियन देशहरूको बैठक आह्वान गर्न अनुरोध गरेको छ। ‘चीनले एसियन देशहरूलाई यस सम्बन्धमा छलफल गर्न चाँडोभन्दा चाँडो बैठक बोलाउन चाहन्छ,’ चिनियाँ सरकारी अधिकारीको एक विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १८:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कुन मन्त्रालयलाई कति बजेट ?
सम्बन्धित सामग्री
दुर्लभ खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता भारतीय विदेश मन्त्री एस जयशंकरले द्विपक्षीय छलफल र क्वाड विदेश मन्त्रीहरूको बैठक पछि विश्वव्यापी परिदृश्यमा यसको रणनीतिक महत्वलाई प्... बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बीबीसी पर्शियनका अनुसार प्रस्तावमा इरान एक महिनाभित्र हर्मुज अफ स्ट्रेटमा व्यवसायिक जहाजको आवागमन युद्ध अन्त्य हुनुअघि नै बहाल गर्नु... बुधबार, जेठ १३, २०८३
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्‍यो इरानमा हवाई आक्रमण इरानी सेनाबाट आउने खतराबाट आफ्ना सैनिकहरूको सुरक्षा गर्न अमेरिकी सेनाले आज बिहान दक्षिणी इरानमा आत्मरक्षाका लागि आक्रमण गरेको हो । मंगलबार, जेठ १२, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य शनिबार, जेठ १६, २०८३
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, जेठ १६, २०८३
कुन मन्त्रालयलाई कति बजेट ? शुक्रबार, जेठ १५, २०८३
बजेटबारे एमालेले भन्यो : सरकार सामाजिक सुरक्षाको क्षेत्रबाट पछि हट्न खोज्यो शुक्रबार, जेठ १५, २०८३
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित) शुक्रबार, जेठ १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
बजेटबारे एमालेले भन्यो : सरकार सामाजिक सुरक्षाको क्षेत्रबाट पछि हट्न खोज्यो शुक्रबार, जेठ १५, २०८३
मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ शुक्रबार, जेठ १५, २०८३
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित) शुक्रबार, जेठ १५, २०८३
बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बोलाइयो शुक्रबार, जेठ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्