काठमाडाैं- मंगलग्रहमा दुई ठूला भूकम्प गएकाे छ। अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को इनसाइट ल्याण्डरले गत महिना ३.३ तथा ३.१ रेक्टर स्केलकाे भूकम्प मापन गरेकाे हाे।
भूकम्प मंगलग्रहको सर्बरस फोस्सै क्षेत्रमा गएकाे मिशन कन्ट्रोलले जानकारी दिएकाे छ। एउटा भूकम्प चन्द्रमामा आउने जस्तो थियो भने अर्को पृथ्वीमा आउने जस्तो रहेकाे बताइएकाे छ।
नाशाका अनुसार सन् २०१८ को नोभेम्बरमा मिशनको प्रारम्भमा नै ३.६ र ३.५ रेकर्ड भूकम्प महसुस गरिएको थियाे। ल्याण्डर मंगलग्रहकाे सतहमा ओर्लिएपछि हालसम्म पाँचसय भन्दा बढी भूकम्पको धक्का रेकर्ड गरिएकाे छ।
नासाका अनुसार मंगलग्रहमा पृथ्वीमा जस्तो टेक्टोनिक प्लेट हुँदैन तर, यो ठाउँ ज्वालामूखीले सक्रिय क्षेत्र हो जसका कारण यहाँको सतहमा कम्पन आउने गर्छ।
इनसाइट टीमले यी भूकम्पको अध्ययन गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।