काठमाडौं–जोर्डनका पूर्व युवराज हमजा बिन हुसैनलाई घरमै नजरबन्दमा राखिएको छ।
उनले देशका विभिन्न नेतालाई भ्रष्टाचार, सक्षमता र उत्पीडनको आरोप लगाएका थिए।
राजकुमार हमजा राजा अब्दुल्लाका सौतेनी भाइ हुन्।
सेनाले भने उनलाई नजरबन्दमा राखिएको कुरा अस्वीकार गरेको सञ्चारमाध्यममा उल्लेख थियो।
देशको सुरक्षा र स्थिरताका लागि खतरा हुने भन्दै सेनाले राजकुमारलाई आफ्ना गतिविधि रोक्न आग्रह गरेको जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।