• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

काठमाडौंको तिर्खा र भृकुटीमण्डपको ‘ढुंगेधारा’

64x64
मिलन बगाले आइतबार, चैत २२, २०७७  ०७:०१
1140x725

उहिल्यै एउटा विशाल दह सुकेर बस्नयोग्य बनेको काठमाडौं उपत्यका विगत केही दशकयता एउटा महँगो सपना, विपना बन्ने दिन कुरेर बस्यो। दह सुकेको उपत्यकामा पानीको प्यास। पानीको आस। पानी नआउला कि भन्ने उस्तै त्रास। यो त्रासबाट काठमाडौं उपत्यकाले भर्खर त्राण पाएको छ। अनेक उकाली, ओराली बोकेको मेलम्ची आयोजनाले अन्ततः पानी खुवाएको छ। 

पछिल्ला केही दशकमा काठमाडौंका प्राचीन र ऐतिहासिक महत्त्वका धेरै ढुंगाधारा सुकेपनि मेलम्चीको पानी वितरणको समुद्घाटन गर्न सरकारले भृकुटीमण्डपभित्र स–साना तीनवटा ‘ढुंगेधारा’ बनायो। त्यही ढुंगेधारो खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी औपचारिक वितरणको समुद्घाटन गर्नुभयो। तीनवटा ‘ढुंगेधारा’ बनाइएको ठाउँमा पानी थाप्न तामाको खड्कुलो राखिएको थियो। ती ढुंगेधारा हेर्दा लोभलाग्दा थिए। सरकारले ढुंगेधाराबाट तामाको खड्कुलोमा पानी खसाएर उत्सव मनाएको हो कि आफ्नो स्रोत जोगाउन नजान्ने उपत्यकावासीलाई ब्यङ्ग गरेको हो, मेसो पाइएन। 

जे होस्, लामो समय प्रतिक्षा गरेर काठमाडौंले पानी पायो। पानी पाउनु काठमाडौंका लागि आफैमा निकै ठूलो कुरा हो। यत्रो उपलब्धीको ‘सेलेब्रेट’ गर्नु स्वाभाभिक पनि हो। यति ठूलो जनसंख्यालाई पानी खुवाउने यत्रो आयोजना राष्ट्रिय लज्जाको आयोजना बन्नु चाहिँ ठूलै बिडम्बना हो। पानी नै पानी भएको उपत्यकामा पानीका स्रोतहरु एकपछि अर्को गर्दै सखाप हुनु झन् ठूलो बिडम्बना हो। 

मेलम्चीले के सुनायो ढुंगेधारालाई?
म बालखै छँदा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईको काठमाडौंबासीलाई पानी खुवाउने भाषण रेडियो मार्फत् सुनेको थिएँ। चुनाव जिते काठमाडौंको सडक मेलम्चीको पानीले पखालिदिने भाषण उहाँले गर्नुभएको थियो। त्यतिबेला काठमाडौंमा पानीको हाहाकार रहेछ भन्ने अनुमान मैले लगाएँ। तर, उहाँले चुनाव जित्नुभएन। पानीको हाहाकार नभएर नबिकेको हो कि किन हो, उहाँको नारा बिकेन। अथवा उहाँले पानी ल्याउनुहुन्छ भन्ने विश्वास मतदातालाई भएन कि? राष्ट्रपति विद्यादेवी भण्डारीले पानी वितरणको समुद्घाटन गर्दा सम्मानपूर्वक कृष्णप्रसाद भट्टराईलाई सम्झनुभयो। 

बालखैमा मेलम्चीको कथा सुनेको म २०५९ सालमा काठमाडौं आइपुगें। काठमाडौं आएपछिको मेरो पहिलो बसाइ धोबीचौरमा थियो। त्यहाँ ढुंगेधाराहरु थिए। घरभित्रको सरकारी धारामा हप्तामा एक दिन पानी आउँथ्यो। त्यो पानी थोरै आउँथ्यो। नजिकै ढुंगेधारा भएकोले सरकारी धारामा पानी कम आएपनि चिन्ता थिएन। ढुंगेधारामा लाइन बसेर दिनको एक बाल्टिन पानी थापिन्थ्यो। त्यतिले पुगिहाल्थ्यो। 

काठमाडौं आएपछि पहिलोपटक देखेको धोबीचौरको त्यो ढुंगेधाराको वास्तुकला देखेर मन लोभिन्थ्यो। लोभलाग्दो धारा, मिठो पानी। पानीको यो प्रणाली हेर्दाहेर्दै बिलाउँदै गयो। 

जति ढुंगेधारा हराउँदै गयो, मेलम्चीको मोह बढ्दै गयो। काठमाडौंका ढुंगेधारा र इनार सुक्दै जाने क्रम जति तीव्र गतिमा बढ्दै गयो, मेलम्ची बन्ने क्रम उति सुस्त हुँदै थियो। यो हाहाकारले जन्मायो ट्याकरको पानीको डरलाग्दो ब्यापार। अनि उस्तै फस्टायो पानीको जारको ब्यापार। ट्याकरको पानी किन्न १० दिनसम्म पर्खनु परेको नमिठो अनुभव छ मसँग। बत्ती दिनमा १८ घण्टासम्म नआउने। पानी मगाएको १० दिनसम्म नआउने। जारको पानी किनिसाध्य नहुने। नकिनी उपाय नचल्ने । कताकती बचेका ढुंगेधारामा पानी थाप्नेको लाइन कति हो कति लामो। काठमाडौंको यो कहर सम्झिसाध्य छैन। 

मेलम्ची आयोजना सरु हुँदा काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाको जम्मा जनसंख्या ११ लाख ५ हजार ३७९ (२०४८ सालको तथ्यांक) थियो भने यतिबेला (२०६८ सालको तथ्यांक) यी तीन जिल्लाको जनसंख्या २५ लाख १७ हजार २३ रहेको छ। १० वर्ष पुरानो तथ्यांक भएकाले तथा शहरीकरणको गति असाध्यै तीव्र भएको यतिबेला तीन शहरको जनसंख्या ४०—५० लाखभन्दा कम त पक्कै छैन। त्यही भएर २०५१ सालको सडक पखाल्ने योजना यतिबेला चक्रपथभित्रको घाँटी भिजाउने परियोजना मात्र बनेको छ। अब काठमाडौंमा सेरोफेरोका भएभरका सबै खोला ल्याएपनि यहाँको प्यास सजिलै मेटिनेवाला छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौंका हरेकजसो घरमा इनार छन्। हरेक घरको इनारभित्र नियमित मोटर चल्छ। धन्न धानेको छ दह भएको उपत्यकाले। प्रत्येक ३—४ आनाको टुक्रोबाट मोटर लगाउँदा पनि र वरिपरि जतासुकै ढलान गर्दापनि काठमाडौंको जमिन रिसाएको छैन, रसाएकै छ। लाग्छ, कस्तो गुणी उपत्यका! कति पानी खुवाउन सकेको! काठमाडौंको पानी आत्तिएको छ। आजकाल इनार अलि गहिरै खन्नुपर्छ। तर पनि २—३ महिनाबाहेक अरु महिना पानी दिएकै छ। प्रत्येक ३—४ आनाको टुक्रोबाट मोटर लगाउँदा पनि पानी आइरहेको छ। यो अचम्म हैन? 

इनारमा बाल्टिन लगाएर वा ट्युववेललाई हातैले थिचेर पानी तान्ने हो भने त काठमाडौंको जमिन कहिल्यै आत्तिने थिएन। पानी नभएको शहरमा घरलाई छतदेखि गेटसम्म सर्लक्कै नुहाइदिने चलन छ। त्यो पखालपुखुल पानी जमिनभित्र जाने चलन भए त्यो जमिन कस्तो खुशी हुन्थ्यो होला। 

पानीको जति हाहाकार भएपनि कम्पाउण्डभित्र ढलान नगर्ने र आकाशे पानी संकलन गर्ने थिती काठमाडौंमा बस्न सकेन। भूमिगत दहमाथि बसेकोले जति दुःख भएपनि जमिनले पानी खान दिन्छ र ढिलोचाँडो मेलम्ची आइहाल्छ भन्ने आत्मविश्वास बोकेरै काठमाडौंले फुर्मास गरिरह्यो। 

फुर्मास जारी छ। ढुंगेधारा र नदीहरुमाथिको अत्याचार जारी छ। यही मेसोमा टुप्लुक्क मेलम्ची आइपुगेको छ। हाम्रो घाँटी भिजाउनलाई। 

भृकुटीमण्डपभित्रको ‘समुद्घाटन ढुंगेधारा’मा पानी निरन्तर आउने र थापेर खान पाइने खबर छ। यो खबर आँत सुकेका ढुंगेधाराहरुले पनि सुने होलान्। पुरिएका ढुंगाधाराहरुले पनि सुने होलान्। ढुंगेधारा मात्र किन, सुन्धाराहरुले पनि सुने होलान्।

प्राण भरौं हाम्रा ढुंगेधारामा 
काठमाडौंको तिर्खा मेलम्ची पिएर मात्र मेटिनेवाला छैन। लार्के र याङ्ग्री खोला पनि ढिलोचाँडो सुरुङ हुँदै काठमाडौंमा आउलान्। यसो भएपछि काठमाडौं फुरुङ्ग नहुने कुरै भएन। घरघरमा पानी आउनुपर्छ। शहर, गाउँ सबैतिर पानी पाउनुपर्छ। जता स्रोत छ, त्यतैबाट आउनुपर्छ। स्रोततिर मर्का नपर्नेगरि पानी आउनुपर्छ। बाँडेर खान पाउनुपर्छ। यसमा दुईमत छैन। 

तर वर्षौं लगाएर, करोडौं डलर खर्च गरेर, अन्यत्र पानी जम्मै सुकाएर सुरुङभित्र हालेर ल्याउन त्यति सजिलो छैन भन्नेचाहिँ सरकारले बुझेकै होला। त्यसकारण भूमिगत दहमाथिको उपत्यकाको आँत धेरथोर भएपनि यतै रसाउन सकोस् भन्नेतर्फ ध्यान जानैपर्छ। भएका स्रोतहरु जोगाउनेतर्फ पनि ध्यान जानुपर्छ। यताको स्रोत जोगाउने, पानी सदुपयोग गर्ने र जमिन रसाउन दिनु भनेको मेलम्चीको विरोध गर्नु हैन। 

सुरुङमा नदी हालेर पानी पाउन सजिलो छैन भन्ने पाठ मेलम्चीले पढाएकाले अब लार्के र याङ्ग्री पिउने रहर गर्नुभन्दा पहिला हाम्रा नदी, पोखरी र ढुंगेधाराहरुको प्राण भर्नतिर लागौं। भएका स्रोतहरुको प्राण भरेपछि पनि पानी पुगेन भने अलिकति पानी लार्के र याङ्ग्रीहरुले कसो नदेलान्? आफ्नो स्रोत मासेर सेरोफेरोका स्रोत तन्तनी पिउने रहरबाट दहमाथिको शहर मुक्त हुन सकोस्। आफ्नो स्रोत जोगाउनेको जय होस्। 

प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मिलन बगाले
लेखकबाट थप
कसम गीताको, काम मुसाको
‘राष्ट्रवाद’को खोल र संसद्‍बाहिरको अर्थहीन बहस
विचलनको ‘साझा रहर’
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
जलवायु परिवर्तनलाई राष्ट्रिय सुरक्षाको केन्द्रमा राख्नुपर्छ : गगन थापा शुक्रबार, असोज २, २०८३
राजदूत सिफारिसबाहेक अरु के–के निर्णय गर्‍यो मन्त्रिपरिषद्ले ? शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा शुक्रबार, असोज २, २०८३
एन्फा मुख्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्