काठमाडाैं- म्यानमारका तीन धार्मिक सशस्त्र विद्रोही समूहले सेनाले निर्मम तरिकाले प्रदर्शनमा निस्किएकामाथि दमन गर्न नछाडे प्रतिवादमा उत्रिने चेतावनी दिएका छन्।
मंगलबार संयुक्त विज्ञप्ति निकाल्दै टाङ लिबरेसन आर्मी, म्यानमार नेशनलिटिज डेमोक्रेटिक एलायन्स आर्माी र अराकान आर्मीले सेनाले जनतालाई मार्ने क्रम जारी राखे प्रदर्शनकारीहरुसँग सहकार्य गर्दै सेनाविरुद्ध लड्ने चेतावनी दिएका हुन्।
‘निर्दोष नागरिकहरुलाई निर्मम तरिकाले मार्नु कुनै पनि अवस्थामा स्वीकार्य हुनेछैन। यदी सेनाले यसरी नै गाेलिबारी गरिरहे प्रतिवादमा उत्रिन हामी वाध्य हुनेछाैं,’ विज्ञप्तिमा भनिएकाे छ।
म्यानमारमा सैन्य ‘कू’को विरुद्धमा भइरहेको प्रदर्शनमा अहिलेसम्म ५१० जनाको मृत्यु भइसकेको छ। गत शनिबार एकैदिन म्यानमारमा १४१ प्रदर्शनकारी मारिएकाे एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले जनाएकाे छ।
आन्दोलनलाई साथ दिइरहेको प्रमुख समूह जनरल स्ट्राइक कमिटि अफ नेशनलिटिजले धार्मिक अल्पसंख्यक समुदायका समूहहरुलाई सेनाविरुद्ध उभिन आग्रह गरेको थियो।
जनरल स्ट्राइक कमिटी एउटा मुख्य विरोधि समूह हो, जसले जातीय अल्पसंख्यक शक्तिको लागि फेसबुकमा एउटा खुला पत्रमा सेनाको ‘अनुचित उत्पीडन’ का पक्षमा उभिएकाहरूलाई सहयोग पुर्याउँदै आएको छ।
म्यानमारमा विभिन्न जातीय अल्पसंख्यक समूहका विद्रोहीहरूले दशकौंसम्म केन्द्रीय सरकारविरुद्ध संघर्ष गरिरहेका छन्। यद्यपि, धेरै समूहको युद्धविराममा आइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।