काठमाडौं- अमेरिकी राष्ट्रपति जो वाइडनेले अगामी तीन सातामा ९० प्रतिशत वयस्क नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिने बताएका छन्।
सीएनएनका अनुसार बाँकी रहेका १० प्रतिशत वयस्क नागरिकलाई भने मे सम्ममा कोरोनाविरुद्धको खोप दिइने लक्ष्य राखिएको छ। अमेरिकामा अहिलेसम्म ३ करोड १० लाख कोरोना संक्रमित भइसकेका छन्। यस्तै ५ लाख ६३ हजारभन्दा धेरै संक्रमितको मृत्यु भइसकेको छ।
वाइडेनले राष्ट्रपति पद सम्हाल्दा नै १० दिनमा २० करोड नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएका थिए।
‘मलाई थाहा छ यो अपेक्षितभन्दा बढी हो र हाम्रो वास्तविक लक्ष्यको दुई गुणा हो। तर, अन्य देश यसको छेउछाउसमेत आउन सकेका छैनन्, उनले भने।
अमेरिकाका २७ राज्यमा पुनः कोरोना संक्रमितको दर बढ्दो क्रममा रहेको छ।
‘जनताले हेलचक्र्याई गरे पुनः कोरोना संक्रमित बढ्नेछ। प्रयाप्त सुरक्षा उपायहरूमा अपनाए महामारीलाई परास्त गर्न सक्छौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।