काठमाडाैं- बंगलादेशको दक्षिणी भागमा रहेको रोहिन्ज्या शरणार्थी शिविरमा भएकाे आगलागीमा अझै ३०० जना हराइरहेको संयुक्त राष्ट्र शरणार्थी उच्चायुक्त कार्यालय (यूएनएचसीआर)ले जनाएको छ।
गत चैत ९ गते कक्स बजार क्षेत्रमा निर्माण गरिएको बालुखली शिविरमा आगलागी हुँदा ४०० भन्दा बढी बेपत्ता भएका थिए। त्यसमध्य सय जना भेटिएकाे यूएनएचसीआरले पुष्टि गरेकाे छ।
‘धेरै परिवारकाे अझै पुनर्मिलन भइरहेकाे छ, ११ जनाकाे मृत्यु भएकाे अधिकारीहरुले औपचारिक घोषणा गरेका छन्,’ यूएनएचसीआरका शरणार्थी एजेन्सीका प्रवक्ता अन्द्रिज महेसिकले भने।
आगोलागीमा परी ६० जना घाइते भएका थिए। यस्तै ४५ सयभन्दा बढी बिस्थापित भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयर्टसले जनाएको छ।
अझैसम्म पनि आगलागीको कारण भने खुलेको छैन। उक्त क्षेत्रमा रहेका करिब एक चौथाइ शरणार्थीको बसोबास रहेको क्षेत्रमा फैलिएको थियो। यी शिविरमा म्यानमारबाट आएका लाखौं शरणार्थीहरू बसिरहेका छन्।।
सन् २०१७ मा म्यानमारबाट भागेका लाखैं रोहिन्ज्या शरणार्थीहरू कोक्स बजार र वरपरका शिविरहरूमा बस्छन्। संयुक्त राष्ट्र संघ र धेरै मुस्लिम देशहरूले उनीहरूलाई मद्दत गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।