काठमाडाैं- चीनले हङकङको चुनावी प्रणालीलाई नियन्त्रण गर्न ल्याएको कानुन पारित भएकाे छ। गएको मार्चमा नेशनल पिपुल्स कंग्रेस (एनपीसी) को बैठकका क्रममा संसद्ले यसलाई पारित गरेको थियो। मंगलबार एनपीसी स्थायी कमिटीले पनि याे कानुनलाई पारित गरेको हो।
नयाँ कानुनमा हङकङमा राष्ट्रवादीहरू मात्रै चुनाव लड्न पाउने व्यवस्था छ। नयाँ कानुनले संसदमा प्रत्यक्ष निर्वाचित सिटहरूको संख्या झण्डै आधा घटाएको छ।
अब हङकङमा चुनाव लड्न मुख्य भूमि चीनसँग आफ्नो बफादारिता पुष्टि गर्नपर्नेछ। चीनले पारित गरेको नयाँ कानुनले हङकङमाथिको चिनियाँ नियन्त्रण थप बलियो बन्नेछ।
आलोचकहरूले यसबाट हङकङमा प्रजातन्त्रको अन्त्य हुने चेतावनी दिएका छन्। उक्त परिवर्तनले सम्भावित सांसदहरूमा चीनप्रति वफादार छन् वा छैनन् भन्ने जाँच गर्नेछ।
सन् २०१९ मा प्रजातन्त्र समर्थकले हङकङलाई छुट्टै देशको मान्यता दिन आन्दोलन चर्काएका थिए। त्यसलाई दबाउन चीन सरकारले ‘राष्ट्रिय सुरक्षा ऐन’ ल्याएको थियो।
यस कानुनलाई लिएर हङकङमा ठूलाे मात्रामा प्रदर्शन भएकाे थियाे। प्रदर्शनका क्रममा हजाराैँ नागरिकलाई हिरासतमा लिइएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।