काठमाडाैं- बेलायतले कोरोना भाइरसविरुद्धको खोप सबै वयस्क नागरिकलाई लगाएपछि मात्र अन्य मुलुकलाई दिने भएकाे छ।
व्यापार मन्त्री क्वासी क्वार्टेङले अहिले तत्काल आयरल्याण्डलाई पनि कुनै खोप दिने योजना नरहेको बताए। युरोपेली संघ (ईयू)सँग पनि पर्याप्त मात्रामा खोप पाउनको लागि सहकार्य गरिरहेको उनले बताए।
‘हाम्रो ध्यान बेलायती नागरिकलाई सुरक्षित राख्ने प्रयास गर्नुमा केन्द्रित हुनु जरुरी छ। हामी अन्य मुलुकसँग पनि सहकार्य गरिरहेका छौं तर, हाम्रो मुख्य प्राथमिकता खोप पुर्याउनु नै हो,’ स्काइन्यूजसँगको कुराकानीमा उनले भने।
विश्वभर कोरोना खोपको माग अत्यधिक देखिएको छ। तर, मागअनुसारको आपूर्ति हुन नसक्ने धेरै मुलुकमा कोरोना खोप अभाव देखिएको छ।
बेलायतले आपूर्तिकर्तासँग करोडौं डाेज बिक्री गर्नका लागि सम्झौता गरिसकेकाे छ। सोमबार ग्लैक्सो स्मिथक्लाइनले नोभाभ्याक्सको खोपको ६० करोड डाेज तयार हुने अन्तिम चरणमा रहेकाे बताइएकाे थियाे।
यता बेलायतमा तीन करोडभन्दा धेरै मानिसले कोरोना खोप पाइसकेका छन्। जुलाईको अन्तिमसम्ममा सबैलाई कोरोना खोप दिने लक्ष्य छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।