काठमाडौं- चीनले हङकङको निर्वाचन नियममा व्यापक परिवर्तन गरेको छ। जुन परिवर्तनले हङकङमाथिको नियन्त्रण थप कडा हुने स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
‘देशभक्त’ व्यक्तित्वबाट मात्र सत्ता सञ्चालन सुनिश्चित गर्ने उद्देश्यले उक्त परिवर्तन गरिएको बताइएको छ।
आलोचकहरूले यसबाट हङकङमा प्रजातन्त्रको अन्त्य हुने चेतावनी दिएका छन्। उक्त परिवर्तनले सम्भावित सांसदहरूमा पहिले मुख्य भूमि(चीन)प्रति वफादार छन् वा छैनन् भन्ने जाँच गरिने अर्थ दिने बताइएको छ।
बेइजिङको ‘रबर स्ट्याम्प’ संसद्ले नेसनल पिपुल्स कंग्रेस (एनपिसी)को बैठकअघि मार्चको सुरूआतमै यो योजना अनुमोदन गरेको थियो।
मंगलबार हङकङका सञ्चारमाध्यम र रोयटर्सले राजनीतिज्ञहरूको भनाइ उद्धृत गर्दै चीनको शीर्ष निर्णय लिने निकाय एनपिसीको स्थायी कमिटी बैठकले उक्त योजना अनुमोदन गर्न सर्वसम्मत मतदान गरेका छन्। यसले हङकङको मिनि-संविधानको आधारभूत कानुनलाई संशोधन गर्दछ।
हङकङको संसदीय विधान परिषद्लाई प्रभावित गर्ने योजनाको विस्तृत विवरण छिट्टै घोषणा हुने अपेक्षा गरिएको छ।
हङकङका नेता क्यारी लामले परिवर्तनबारे पत्रकार सम्मेलन गरी जानकारी दिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।