काठमाडाैं- बंगलादेशमा पछिल्लो २४ घण्टामा ५ हजार १८१ जना काेराेना भाइरस संक्रमित फेला परेका छन्। सोमबार पुष्टि भएकाे दैनिक संक्रमितकाे संख्या अहिलेसम्मकै उच्च हाे।
पछिल्लो २४ घण्टामा २८ हजार १९५ जनाको कोरोना परीक्षण गर्दा ५ हजार १८१ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएकाे छ।
बंगलादेशमा अहिलेसम्म ६ लाख ८९५ जना संक्रमित फेला परेका छन्।
बंगलादेशमा सोमबार मात्रै ४५ जनाको काेराेना संक्रमणबाट मृत्यु भएको छ। याेसँगै मृतककाे संख्या ८ हजार ९४९ पुगेकाे छ।
अहिलेसम्म ५ लाख ३८ हजार १८ जना संक्रमणमुक्त भएका छन्। सोमबार मात्रै २ हजार ७७ जना संक्रमणमुक्त भएका थिए।
महामारी नयाँ उचाइमा पुगेको भन्दै स्वास्थ्य सेवा महानिर्देशनालयले थप सतर्कता अपनाउनु पर्नेमा पनि जोड दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।