काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई)ले चाइना नेशनल फर्मास्युटिकल ग्रुप (सिनोफर्म)ले उत्पादन गर्दै आएको कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने भएको छ। यही वर्षदेखि अबुधाबीमा खोपको उत्पादन सुरु गर्न लागिएको हो।
चिनियाँ औषधि कम्पनी र अबुधाबीमा रहेको टेक्नोलोजी कम्पनी समूह (जी ४२२) बीचको संयुक्त लगानीमा खोप निर्माण गर्न लागिएको हो।
यो कदमलाई खाडी क्षेत्रमा चिनियाँ कूटनीतिको विस्तारको रुपमा लिइएको छ र हाइड्रोकार्बन उत्पादनबाट अर्थव्यवस्थामा विविधता ल्याउन संयुक्त अरबलाई मद्दत पुग्ने आकलन गरिएको छ।
‘खलीफा औद्योगिक क्षेत्रमा निर्माण भइरहेको नयाँ प्लान्टको उत्पादन क्षमता दुई वर्षमा २ करोड डोज हुनेछ, तीन फाईल लाइन र स्वचालित प्याकेजी लाइन हुनेछ,’ संयुक्त लगानीले सोमबार भनेको छ ।
यो खोपलाई युएईमा निर्माण गर्दा ‘ह्यात भ्याक्स’ भनिन्छ। ‘ह्यात भ्याक्स’ अरबी राष्ट्रमा उत्पादन हुने विश्वको पहिलो कोरोना भाइरसविरुद्धको खोप हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।