काठमाडाैं- म्यानमारमा शनिबारको दिन रक्तपातपूर्ण भएपछि हजारौं नागरिक सडकमा उत्रिएका छन्। शनिबार देशको राजधानी योङ्गुनसहित विभिन्न स्थानमा १४४ प्रदर्शनकारीको ज्यान गएको थियो। यस्तै आइतबार र सोमबार थप १६ जनाको मृत्यु भएको बताइन्छ।
जनरल स्ट्राइक कमिटीले विभिन्न देशका जातीय अल्पसंख्यक फौजलाई सैनिक शासनविरूद्धको अभियानलाई समर्थन गर्न कार्यकर्ताहरूले आह्वान गरेको छ।
देशका विभिन्न शहरका सडकमा उत्रिए एक दशकको सैन्य शासनमा पुनःथापनाको विरोध गर्न दृढ संकल्पसमेत कमिटीले गरेको छ।
सेनाको जनरल स्ट्राइक कमिटी एउटा मुख्य विरोध समूह हो, जसले जातीय अल्पसंख्यक शक्तिको लागि फेसबुकमा एउटा खुला पत्रमा सेनाको ‘अनुचित उत्पीडन’ का पक्षमा उभिएकाहरूलाई सहयोग पुर्याउँदै आएको छ।
‘जातीय सशस्त्र संगठनहरूले सामूहिक रूपमा जनताको सुरक्षा गर्नु आवश्यक छ,’ उसले भनेको छ। म्यानमारमा विभिन्न जातीय अल्पसंख्यक समूहका विद्रोहीहरूले दशकौंसम्म केन्द्रिय सरकारविरुद्ध संघर्ष गरिरहेका छन्। यद्यपि, धेरै समूहको युद्धविराममा आइसकेका छन्।
म्यानमारको सबैभन्दा पुरानो जातीय अल्पसंख्यक शक्ति मानिने करेन नेशनल युनियन र सेनाबीच थाई सीमा नजिक झडप भएको थियो।
सेनाले जेएनयु क्षेत्रमा बम विष्फोट गर्दा तीन जना नागरिकको मृत्यु भएको थियो। ‘लगभग ३ हजार गाउँलेहरू भागेर थाइल्याण्ड पुगेका छन्,’ समूहका एक लडाकूले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।