काठमाडाैं- अमेरिकाको अलास्का राज्यमा हेलिकप्टर दुर्घटना हुँदा चेक गणतन्त्रका अर्बपति व्यापारीसहित ५ जनाकाे मृत्यु भएकाे छ। दुर्घटनामा अन्य एक जना घाइते भएका छन्।
उनीहरु सवार हेलिकप्टर एंकरेजबाट ५० माइल पूर्वमा रहेको क्निक ग्लेसियर नजिक दुर्घटना परेकाे स्थानिय अधिकारीहरुले बताएका छन्।
मारिनेमा चेक गणतन्त्रका अर्बपति व्यापारी पेट्र केलनर पनि रहेका छन्। यता बेन्जामिन लारोचाइ, कोलोराडोका ग्रेगोरी हार्म्स, अलास्कामा सीन मकमान्नानी तथा हेलिकप्टर चालक जाकारी रसलकाे पनि मृत्यु भएकाे छ।
पाँचैजनाको शव दुर्घटनास्थलमा फेला परेको थियो। विमानमा सवार छैटौं व्यक्तिलाई अस्पताल लगिएको छ। उनको अवस्था गम्भीर रहेकाे बताइन्छ।
काे हुन् केलनर?
केल्नर एक स्कीयरको रूपमा परिचित थिए। केलनर लो प्रोफाइलमा बस्ने गर्थे। उनकाे तस्वीर उनैले लगानी रहेकाे पीपीएफको वार्षिक रिपोर्टमा प्रकाशित भएकाे थियाे।
केल्नरलाई चेक पोस्ट कम्युनिस्ट युगको विशाल व्यवसायिक व्यक्तित्व मानिन्थ्याे। उनकाे सम्पत्ति १.५ अरब डलर रहेकाे फोर्ब्सले जनाएकाे छ। १९८९ मा भेलवेट क्रान्तिपछि देश खुल्दा उनले फोटोकपी मेसिन बिक्री गर्न थालेका थिए।
उनले सयौं राज्यमा रहेकाे कम्पनीकाे स्वामित्व ग्रहण गरेर पीपीएफ सहूह निर्माण गरेका थिए। यो समूहले फाइनान्स, टेलिकम्युनिकेशन, निर्माण, मिडिया र बायोटेकमा लगानी गरेकाे छ।
उनकाे श्रीमती रेनाटा र चार सन्तान छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।