काठमाडौं– इन्डोनेसियाको पश्चिम जाभा प्रान्तमा रहेकाे तेल प्रशाेधन केन्द्रमा आगाेलागी भएकाे छ।
बीबीसीका अनुसार सोमबार स्थानिय समयअनुसार बिहान १२ः४५ देखि तेल फर्म पर्टामिनाद्वारा सञ्चालित बलोन्गन रिफाइनरीमा आगोलागी सुरु भएको हो। उक्त आगो अहिलेसम्म नियन्त्रणमा नआएको स्थानी अधिकारीहरुले जानकारी दिएका छन्।
आगोलागीमा परी कम्तीमा ५ जना घाइते भएका छन् भने ९५० जनाभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ। यद्यपि केही व्यक्ति हराइरहेको बताइन्छ।
‘५ जनालाई गम्भीर चोटपटक लागेको छ। उनीहरुलाई उपचारका लागि स्थानिय अस्पताल लगिएको छ। अन्य १५ जना आगोमा जल्दा सामान्य घाइते भएका छन्,’ क्षेत्रीय प्रकोप व्यवस्थापन एजेन्सीले भनेको छ।
आगो कसरी लाग्यो भन्ने अझै खुलिसकेको छैन। टिभी फुटेज र सोशल मिडियामा भिडियोहरूमा आकासमा धुवाँ उडिरहेको देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।