काठमाडौं– अस्ट्रेलियाको ब्रिसबेन सहरमा पुनः लकडाउन घाेषणा गरिएकाे छ। क्विन्सल्यान्ड राज्यको राजधानी ब्रिसबेनमा सोमाबरदेखि बिहीबारसम्म लकडाउन लागू गरिएको हो।
बीबीसीका अनुसार पछिल्लाेपटक ७ कोरोना संक्रमित थपिएकका थिए। यसअघि गत जनवरीमा एक मात्र संक्रमित थपिँदा ३ दिनसम्म लकडाउनको लागू गरिएकाे थियाे।
अस्ट्रेलियामा काेराेना संक्रमण पहिलाेपटक एक वर्ष पहिले देखिएको थियाे। यसले धैरै सहर प्रभावित भएकाे थियाे। ब्रिसबेनमा लकडाउन सुरु भएकाे जानकारी पाउनसाथ सिडनीमा विमानस्थलमा रहेका यात्रीहरू अलपत्र परेका छन्।
२० लाख मानिसहरु बसोबास गर्दछन्। अस्ट्रेलियामा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २९ हजार २७३ पुगेको छ। काेराेना संक्रमणकै कारण ९०९ जनाकाे मृत्यु भइसकेकाे छ। यस्तै २६ हजार २७५ कोरोनामुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।