काठमाडाैं- जम्मू–कश्मीरको बारामूला जिल्लाकाे नगर परिषद्को कार्यालयमा चरमपन्थी आक्रमण हुँदा एकजनाकाे मृत्यु भएकाे छ। सोपोर क्षेत्रमा रहेकाे कार्यलयमा बैठक चलिरहेको बेला आक्रमण भएको हाे।
आक्रमणमा परी पार्षद रियाज अहमदको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करकाे अनलाइन संस्करणले जानकारी दिएकाे छ। उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।
यता अर्का पार्षद शम्सुद्दीन घाइते भएका छन्। त्यस्तै, हमलामा शफाकत अहमद नाम गरेका एक प्रहरी पनि घाइते भएकाे समाचारमा उल्लेख छ।
सुरक्षाकर्मीले चरमपन्थीहरुको खोजी गरिएकाे छ। जम्मू–कश्मीरमा पछिल्लो २४ घण्टामा भएको यो दोस्रो चरमपन्थी हमला हो।
आइतबार अनन्तनागमा चरमपन्थीहरुले सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपीएफ) को बंकरमा ग्रिनेड हमला गरेका थिए। घटनामा दुईजनाले ज्यान गुमाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।