काठमाडाैं- पाकिस्तानमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु भएपछि सभा सम्मेलन गर्न राेक लगाइएकाे छ। आइतबार राष्ट्रिय कमान्ड तथा अपरेशन सेन्टर (एनसीओसी)ले देशमा कोरोना संक्रमण नियन्त्रण गर्न आन्दोलन, सभा सम्मेलन र भिडभाड गर्न राेक लगाइएकाे बताएकाे हाे। याे प्रतिबन्ध पञ्जाब प्रान्त र राजधानी इस्लामाबादमा केन्द्रित रहेको छ।
'सबै प्रकारका जमघट (भित्र / बाहिर) तत्काल प्रतिबन्धित गरिनेछ। यसका साथै सामाजिक, सांस्कृतिक, राजनीतिक, खेलकुद र अन्य कार्यक्रमहरूमा सहभागी हुन राेक लगाइएकाे छ,' एनसीओसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सरकारले अप्रिल ५ देखि सबै विवाह समारोहहरूमा प्रतिबन्धसमेत लगाएको छ। यद्यपि प्रान्तीय अधिकारीहरूलाई आवश्यक परेको खण्डमा प्रतिबन्ध थप गर्न दिइने छ।
यसअघि सरकारले विवाह समाराेहमा ३०० भन्दा बढी सहभागी हुन दिएकाे थियाे। तर यो नीतिले काेराेना संक्रमण फैलाएकाे भन्दै पाकिस्तानका स्वास्थ्य विशेषज्ञहरूले व्यापक आलोचना गरेका थिए।
एनसीओसीले सडक, हवाई र रेल यात्रा लगायतका प्रान्तीय यातायातका लागि यात्रु र सवारी साधनको संख्या घटाउने प्रस्ताव पनि गरेकाे छ।
आधिकारिक तथ्यांकका अनुसार पाकिस्तानले पछिल्लो २४ घण्टामा ४५ सय २५ काेराेना संक्रमित फेला परेका छन्। यस्तै ४१ जनाकाे मृत्यु भएकाे छ। याेसँगै मृतककाे संख्या १४ हजार २ सय ६६ पुगेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।