काठमाडौं–स्वेज नहरमा विगत ६ दिनदेखि अड्किएको मालवाहक जहाज बिस्तारै गन्तव्यतिर जान थालेको छ।
स्थानीय समयअनुसार सोमबार बिहान साढे ४ बजे जहाजलाई रिफ्लोटिङ गराइएको हो ।
यो जहाज त्यहाँबाट हटेसँगै यसअघि अड्किएका अन्य जहाजले बाटो पाउने सञ्चारमाध्यमले जनाएका छन्।
भूमध्यसागरलाई रातो सागरसँग जोड्ने स्ेवेज नहरको बाटो भएर संसारका लगभग ३० प्रतिशत जहाज आवतजावत गर्छन्। संसारभरिको १२ प्रतिशत सामानको ढुवानी यही बाटो भएर हुने गर्छ।
जहाज फस्दा विश्वको परिवहन र व्यापारमा नकारात्मक असर परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।