• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

'कहिल्यै नटुंगिने' विशाल बजारको भ्रष्टाचार मुद्दा, ३३ पटक पेसी चढेर ४५ न्यायाधीशको इजलासमा 

64x64
दुर्गा दुलाल सोमबार, चैत १६, २०७७  ०८:३३
1140x725

काठमाडौं–कोरोना महामारीबीच गत वर्षदेखि सुनुवाइ हुन नसकेको विशाल बजारको भ्रष्टाचार मुद्दा चैत १२ गते पेसीमा चढेको थियो। यो मुद्दा यस वर्ष दोस्रो पटक पेसी चढेको हो। 

न्यायाधीशहरू सपना प्रधान मल्ल, टंकबहादुर मोक्तान र कुमार रेग्मीको इजलासमा उक्त मुद्दाको पेसी रहेको थियो। पेसी सूचीमा च नम्बरको ३ नम्बरमा रहेको पेसी हेर्न नभ्याउने हुँदै बिहीबार स्थगित भयो। हरेक बिहीबारमात्रै बस्दै आएको पूर्ण इजलासम यो ३३औं पेसी रहेको थियो। ४५ न्यायाधीशको इजलास पार गरिसकेको यो मुद्दा २०७४ मंसिर ८ गते दर्ता भएदेखि हालसम्म एक पटक पनि सुनुवाइ हुन सकेको छैन। 

विशाल बजार कम्पनीका तर्फबाट रविन्द्र श्रेष्ठ भन्ने रविन्द्रलाल श्रेष्ठले सरकारलाई विपक्षी बनाएको यो विवादमा निस्सा हुने आदेश भएपछि यसमा बहस गर्नुपर्ने दुःख कुनै पक्षका कानुन व्यवसायीले गरेका छैनन्। यो मुद्दा सर्वोच्चका ६ न्यायाधीशले हेर्न मिल्दैन। यसअघि फैसलामा संलग्न भएको, निस्सा दिने आदेश गर्न संलग्न भएका र मुद्दासँग अन्य सम्बन्ध जोडिएका कारण न्यायाधीश तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाले हेर्न मिल्दैन। उक्त मुद्दा हालसम्म नौ पटक हेर्न नभ्याउने भएको छ भने चार पटक पक्षका कानुन व्यवसायीले स्थगित गराएका छन्। 

सरकार र निजी क्षेत्रको स्वामित्व रहेको यो कम्पनीको भ्रष्टाचार मुद्दा अहिले सर्वोच्च अदालतको पूर्ण इजलासमा विचाराधीन छ। विशाल बजार कम्पनी अदालत धाउन थालेको १५ वर्ष बितेको छ। एउटा मुद्दामा फैसला भएपछि नयाँ मुद्दा सिर्जना गर्दै अदालत जानेक्रम चलेका कारण यो मुद्दा यत्ति लामो समयसम्म चलेको हो। 

अहिले पनि विशाल बजारको एउटा मुद्दा सर्वोच्चका तीन न्यायाधीशको इजलासमा विचाराधीन छ भने अर्को मुद्दामा विशेष अदालतबाट फैसला भएर सर्वोच्च आउने तयारीमा छ। विशेषको फैसला आएपछि पनि त्यसमा चित्त नबुझे विशाल बजार कम्पनी पुनः सर्वोच्च जान पाउने अधिकारअन्तर्गत सरकार र कम्पनी दुवै सर्वोच्च जान सक्नेछन्। सरकारी पक्षको ३४ प्रतिशत सेयर रहेको यो कम्पनीका सञ्चालक समितिको मिलेमतोमा कम भाडा सम्झौता गरी अन्यलाई महँगोमा लगाएको र बीचको रकम अनियमितता गर्दै आएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। 

३३ पेसी र ४५ न्यायाधीशको इजलास तर भएन सुनुवाइ 

२०७३ मंसिर १६ मा सर्वोच्चले विशाल बजारको सटर भाडामा भ्रष्टाचार भएको निष्कर्षसहित अन्तिम फैसला सुनायो। तर, उक्त फैसलाविरुद्ध सञ्चालक रविन्द्रलाल श्रेष्ठलगायतले पुनरावेदन गरे। विशेषले सफाइ दिए पनि सर्वोच्चले भ्रष्टाचार ठहर गरेको फैसला त्रुटिपूर्ण भएको जिकीर गर्दै सञ्चालक श्रेष्ठका तर्फबाट २०७४ मंसिर ४ गते पुनरावेदन दर्ता गराइएको थियो।

उक्त मुद्दामा विवाद भएपछि दीपकराज जोशी कायममुकायम प्रधानन्यायाधीश रहेका समयमा पुनरावलोकनको आदेश भएसँगै पुनः सर्वोच्चमा सुरु भएको थियो। जोशीसहितको इजलासले उक्त मुद्दा पुनः व्युँताइदिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

अध्यक्ष रवीन्द्रलाल श्रेष्ठसहित उनका भाइ र निजी सचिवलाई भ्रष्टाचारी ठहर गर्ने आफ्नो निर्णयलाई सर्वोच्चले ०७४ कात्तिक १७ मा पुनरावलोकन गर्ने आदेश दिएपछि मुद्दा पूर्ण इजलासमा विचाराधीन छ। कायममुकायम प्रधानन्यायाधीश भएका बेला जोशीसहित न्यायाधीशहरू तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको इजलासले विशाल बजारको भ्रष्टाचार मुद्दा पुनरावलोकनका लागि अनुमति दिएको थियो। 

अहिले पनि विशाल बजारको एउटा मुद्दा सर्वोच्चका तीन न्यायाधीशको इजलासमा विचाराधीन छ भने अर्को मुद्दामा विशेष अदालतबाट फैसला भएर सर्वोच्च आउने तयारीमा छ।

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले ०७३ मंसिर २६ मा विशाल बजार प्रकरणमा भ्रष्टाचार भएको ठहर गरी तीन जनालाई भ्रष्टाचारी ठहर गरेको थियो। उक्त फैसला अहिले जाँच हुने क्रममा रहेको छ। 

२०६० सालमा सञ्चालक नै रहेका रवीन्द्रलाल श्रेष्ठले मासिक एक लाख रुपैयाँमा विशाल बजारसँग सम्झौता गरी सटर भाडामा लिए। उनले सोही सटरलाई मासिक ३ लाखका दरले नेपाल इन्भेष्टमेन्ट बैंकलाई दिए। त्यो सम्झौता १० वर्षका लागि थियो भने भाडाबापतको आम्दानी देवेन्द्रलाल श्रेष्ठको नाममा जम्मा गरिदिन बैंकमा निवेदन दिइएको भेटियो। अनुसन्धान हुँदा देवेन्द्र उनका सहोदर भाइ भएकोसमेत खुलासा भएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो प्रकरणमा अनुसन्धान गरी २०६३ मा विशेष अदालतमा मुद्दा दायर गरेपछि यसमा भ्रष्टाचार भएको विषय सतहमा आएको हो। सर्वोच्च अदालतले २०७३ मंसिर १७ गते विशाल बजारको सटर भाडामा भ्रष्टाचार भएको ठहर गरेको थियो। विशाल बजार कम्पनी सञ्चालक समितिका तत्कालीन अध्यक्ष रवीन्द्र श्रेष्ठसहित उनका भाइ देवेन्द्रलाल श्रेष्ठ र निजी सचिव रमेशमान श्रेष्ठले सटर भाडाका क्रममा भ्रष्टाचार गरेको ठहर सर्वोच्चले गरेको थियो। 

यो पनि पढ्नुहोस्

१५ वर्षदेखि बदनाम विशाल बजारशुक्रबार, साउन २३, २०७७

मुद्दाको फैसलाका क्रममा सर्वोच्चले सरकारको लगानी रहेका कम्पनीहरूका पदाधिकारी सार्वजनिक पदमा रहेका व्यक्ति मानिने नजिर प्रतिपादन गरेको थियो। साथै, अख्तियारले यस्ता प्रकृतिका निकायमा हुने भ्रष्टाचारमाथि छानबिन गर्न पाउने मान्यता पनि सर्वोच्चले स्थापित गरिदिएको थियो। न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासले यो मुद्दामा फैसला सुनाएको थियो। यसअघि विशेष अदालतले यही मुद्दामा सञ्चालक रवीन्द्र श्रेष्ठलगायतलाई सफाइ दिएको थियो। 

विशाल बजार सञ्चालक समितिका अध्यक्षसमेत रहेका रवीन्द्र २०५४ देखि २०६० सालसम्म राष्ट्रियसभा सदस्य थिए र उनले रमेशमान श्रेष्ठलाई स्वकीय सचिवमा नियुक्त गरेका थिए। तिनै रमेशमान पछि विशाल बजारको सटर भाडामा दिँदा सम्झौता गर्ने व्यापारीका रूपमा प्रस्तुत भएपछि मिलेमतोमा भ्रष्टाचार भएको आशंका गरिएको थियो। 

अख्तियारले कम्पनीसँग सटर भाडामा लिई चर्को मूल्यमा अरूलाई भाडामा दिई अनियमितता गरेको आरोपमा रमेशमानलाई पनि प्रतिवादी बनाएको थियो। पहिलो दिन कम्पनीसँग भाडामा लिई भोलिपल्ट नै इन्भेस्टमेन्ट बैंकलाई भाडामा दिँदा उनले मासिक २ लाख ७६ हजार रुपैयाँ अनियमितता गरेको खुलेको अख्तियारको आरोप थियो।

२०६० पुसदेखि २०६५ फागुनसम्म भाडाबापत मात्रै उनीहरूबाट करिब एक करोड ३९ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा हालेको थियो। विशेष अदालतले भने अनियमितता नदेखिएको भन्दै तीनै जनालाई २०६७ वैशाख २४ गते सफाइ दिएको थियो।

सर्वोच्चले फैसलाका क्रममा सञ्चालक समितिको निर्णयबाट ३ सय ४५ वटामध्ये अधिकांश सटर सेयरधनीलाई हचुवाको भरमा भाडामा दिइएको ठहर गरेको थियो।

न्यायाधीशद्वय श्रेष्ठ र भट्टराईको संयुक्त इजलासले भने सरकारी लगानी रहेको कम्पनीभित्रको अनियमितता र बेथितिलाई नजरअन्दाज गर्न नहुने भन्दै भ्रष्टाचार भएको ठहर गरेको थियो। तीनवटा सरकारी संस्थानहरूको सेयर रहेको भन्दै सर्वोच्चले विशाल बजार कम्पनीलाई ‘सार्वजनिक संस्थान’ को परिभाषामा राख्नुपर्ने ठहर गरेको थियो।

सर्वोच्चले फैसलाका क्रममा सञ्चालक समितिको निर्णयबाट ३ सय ४५ वटामध्ये अधिकांश सटर सेयरधनीलाई हचुवाको भरमा भाडामा दिइएको ठहर गरेको थियो। ‘विशाल बजार कम्पनीमा सबैभन्दा ठूलो आर्थिक गोलमाल र अनियमितता रहेछ भन्ने देखिन्छ,’ फैसलामा भनिएको थियो, ‘कम्पनीभित्र कुशासनले घर जमाएको स्थितिमा अदालत मूकदर्शक भएर बस्न मिल्दैन।’ सञ्चालक समितिका सदस्यहरूले सेयर खरिद गरेपछि पनि सटर आफूले भाडामा लिनु र अरूलाई महँगोमा दिनुलाई ‘त्रुटिपूर्ण कार्य’ भएको सर्वोच्चको टिप्पणी थियो।

सटर भाडा अनियमितता प्रकरणमा सर्वोच्चले तत्कालीन अध्यक्ष रवीन्द्रलाल श्रेष्ठलाई दोषी ठहर गर्दै उनी आफ्नो उत्तरदायित्वबाट भाग्न नमिल्ने राय दिएको थियो। रवीन्द्रलालबाट एक करोड २ लाख जरिवाना भराउने र एक करोड २ लाख रुपैयाँ विशाल बजार कम्पनीले पाउने ठहर सर्वोच्चले गरेको थियो। सटर भाडा अनियमिततामा जोडिएका रमेशमान श्रेष्ठलाई एक महिना कैदको फैसला भएको थियो। रवीन्द्रमानका भाइ देवेन्द्रलाल श्रेष्ठबाट ३६ लाख ७२ हजार विशाल बजार कम्पनीले पाउने ठहर भएको थियो। विशाल बजारबाट उठ्ने नियमित भाडा देवेन्द्रलालको खातामा जम्मा हुने गरेको थियो।

२०६८ देखि ७१ सम्मको भाडामा अर्को भ्रष्टाचार

पहिलो भाडा प्रकरणमा भ्रष्टाचार सेलाउन नपाउँदै अख्तियारले दोस्रो मुद्दा विशेष अदालत पुर्‍यायो। श्रेष्ठ परिवारले चलखेल गर्दै सर्वोच्चमा मुद्दा पुर्‍याएर अड्काएपछि अख्तियारले थप अनुसन्धान गर्दै दोस्रो भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा फैसला सुनाउँदै विशेष अदालतले २०७६ असोज १ गते न्युरोडस्थित विशाल बजार कम्पनीमा १० करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्‍यो। भाडा र बिल बिनाको खर्चमा अनियमितता ठहर गर्दै विशेष अदालतले अध्यक्ष रवीन्द्रलाल श्रेष्ठ र सदस्यहरूलाई जरिवाना तथा कैद हुने फैसला सुनायो। अख्तियारले २०७१ जेठमा विशाल बजारका सञ्चालक समितिका ८ जना विरुद्ध आरोपपत्र दायर भएको थियो। 

‘विशाल बजारको पसल खुला प्रतिस्पर्धाबाट भाडामा नदिएको पुष्टि भयो। सस्तोमा भाडामा लिएर अन्य व्यक्तिलाई फेरि बहालमा दिएको देखियो। कम्पनीको कोषबाट स्वेच्छाचारी रूपमा खर्च गरिएको देखियो,’ विशेष अदालतको फैसलामा भनिएको छ, ‘विशाल बजारजस्तो कम्पनीलाई ठूलो आर्थिक हानि–नोक्सानी पुग्न गएको स्पष्ट देखिन आयो।’ विशेष अदालतको फैसलामा कम्पनीका सञ्चालकहरूबाट विशाल बजारलाई ९ करोड ७४ लाख ८० हजार रुपैयाँ नोक्सानी भएको उल्लेख छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०६८ पुसदेखि ०७१ वैशाख मसान्तसम्मको अवधिमा पसल भाडामा गएको र त्यसबाट भएको आम्दानीको अनुसन्धान गरेको थियो। विशेष अदालतले त्यो अवधिमा पसल भाडामा भ्रष्टाचार भएको ठहर गरेको हो। विशेषको फैसलामा भनिएको छ, ‘कम्पनीका अध्यक्ष र सञ्चालक समितिका सदस्यहरूले आफू वा कुनै व्यक्तिलाई लाभ अनि सरकार वा सार्वजनिक संस्थालाई गैरकानुनी हानी पुर्‍याउने बदनियतले काम गरेको ठहर छ।’

विशेष अदालतका सदस्यत्रय कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले विशाल बजारका तत्कालीन अध्यक्ष रवीन्द्रलाल श्रेष्ठ र सदस्य अशोकजीव तुलाधरलाई दुई वर्ष कैद सजायको फैसला गरेको थियो। विशेषले विशाल बजार कम्पनीका प्रमोदकुमार अग्रवाल र विजयकुमार बानियाँलाई डेढ वर्षका दरले कैद सजाय हुने भनेको छ। वासुदेव विष्ट, गौतमलाल श्रेष्ठ र निर्मलकुमार धानुकलाई एक वर्षका दरले कैद सजाय हुने विशेषको फैसलामा उल्लेख छ। अदालतले उनीहरू सबैलाई एक करोड २१ लाख ८५ हजार बिगो र त्यति नै जरिवाना हुने ठहरसमेत गरेको थियो। सञ्चालक भवानीराज पाण्डेको मृत्यु भइसकेको भन्दै विशेष अदालतले कैद र जरिवाना मिनाहा भए पनि बिगो रकम उनको सम्पत्तिबाट असुलउपर हुने ठहर गरेको थियो। 

के हो विशाल बजार? 

विशाल बजार कम्पनी २०२६ सालमा कम्पनी ऐन, २०२१ बमोजिम दर्ता भएको संस्था हो। यसको अधिकृत तथा जारी पुँजी ५ करोड र चुक्ता पुँजी ४ करोड ९१ लाख ४० हजार थियो। प्रतिकित्ता एक सय रुपैयाँका दरले ४ लाख ९१ हजार ४ सय कित्ता सेयर जारी भएको मध्ये नेपाल खाद्य संस्थानको नाममा ७३ हजार ७१० कित्ता, नेशनल ट्रेडिङका नाममा ६८ हजार ७९६ कित्ता र कृषि सामग्री संस्थानका नाममा २४ हजार ५७० कित्ता सेयर रहेको थियो। कुल ३४५ सेयर सदस्य रहेको कम्पनीमा ३ वटा पूर्ण सरकारी स्वामित्वमा रहेको संस्थाको सेयर थियो। विशाल बजार कम्पनी लिको शुक्रपथस्थित भवनमा ३४६ वटा पसल छन्। 

तत्कालीन राजा महेन्द्रले सस्तो र सुलभ दरमा उपभोग्य सामानको व्यवस्था मिलाउन विशाल बजार कम्पनी गठन गर्न आदेश दिई भवन निर्माण गराएका थिए। सुरुमा तत्कालीन अञ्चलाधीशसमेत सञ्चालक हुने कम्पनीले सेयरधनीलाई मात्रै भवनको सटर भाडामा दिने व्यवस्था गरेको थियो। तर २०६४ सालपछिका सञ्चालकले आफूखुसी नियमावली बनाई पसल भाडामा लिँदा सेयरसँग गाभ्नुपर्ने व्यवस्था गरेका थिए। 

सरकारी संस्थानहरूको एकतिहाइ सेयर भए पनि निजी सञ्चालकहरूको दबाब तथा प्रभावका कारण विशालबजारका अधिकांश सटर सेयरधनीले आफ्नो कब्जामा लिई व्यापारीलाई महँगोमा बेच्ने गरेका थिए। ३ सय ४६ वटा पसल रहेको विशाल बजारमा नेसनल ट्रेडिङ कम्पनीले एउटा सटरमात्रै पाएको छ। जबकि, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा सेयरधनीलाई प्राथमिकता दिने भन्ने विषयवस्तु उल्लेख थिएन।

अख्तियारले ती पसल बोलपत्रको माध्यमबाट लिलाम बढाबढ गरी भाडामा दिनुपर्नेमा मिलेमतोमा बेच्ने र सेयरधनीले तेस्रो व्यापारीलाई महँगोमा भाडा दिने गरेको उजुरीपछि अनुसन्धान थालेको थियो।
 

प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  ०८:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्