बेइजिङ- चीनका अधिकांश अभिभावकलाई आफ्नो बालबालिकालाई धेरै हेरचाह गर्नु स्वाभाविक लाग्ने गरेको पाइएको छ।
चाइना युथ डेलीले हालै गरेको सर्वेक्षणका क्रममा ९७ प्रतिशत चिनियाँ अभिभावकहरुले आफ्ना छोराछोरीलाई धेरै हेरचाह गर्नु स्वाभाविक भएको बताएका हुन्।
देशका एक हजार ५०० अभिभावक सर्वेक्षणमा सहभागी भएका थिए। उनीहरुले आफ्ना बालबालिकालाई हरेक दिन धेरै चासो दिने गरेको जवाफ दिएका थिए।
सर्वेक्षणमा सहभागी अधिकांश अभिभावकले आफ्ना छोराछोरीहरुको हरेक गतिविधिलाई नजिकबाट नियाल्नुपर्ने बताएका थिए।
उनीहरुले बालबालिकालाई हरेक गतिविधिमा सुझाव तथा निर्देशन दिने गरेको पनि बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।