काठमाडौँ- एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत चयन गरेको छ।
पार्टी एकतापछि पहिलोपल्ट बानेश्वरमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीसमेत रहेका ओलीलाई नेता चयन गरेको हो। सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउने प्रस्ताव गरेका थिए। उनको प्रस्ताव सर्वसम्मत पारित भएको हो।
यसअघि माओवादी केन्द्रबाट संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड थिए। दुई पार्टीबीच जेठ ३ गते एकता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।