• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जसले औषधि लिमिटेड र उदयपुर सिमेन्टलाई पुनर्जीवन दिए

64x64
लिलु डुम्रे शुक्रबार, चैत १३, २०७७  २२:४०
1140x725

काठमाडाैं- समकक्षी नेपाली कांग्रेसका नेताहरूमा सादगी र निष्ठाकाे राजनीति गर्ने थाेरै नेतामा गनिन्थे नविन्द्रराज जाेशी। प्रतिनिधि सभाकाे निर्वाचनमा काठमाडाैं-८ बाट उनी  पराजित भएका थिए। पहिलाे र दाेस्राे संविधान सभाकाे निर्वाचनमा उनी विजयी भएका थिए। पहिलाे संविधान सभामा अष्टलक्ष्मी शाक्य र दाेस्राे संविधान सभामा जीवनराम श्रेष्ठलाई पराजित गर्दै संविधान लेखनमा सक्रिय भएका थिए। 

२०७३ सालमा उनले सरकारमा जाने माैका पाएका थिए। २०७३ भदाै १० मा मन्त्रीकाे सपथ लिएपछि उनले राज्यका लागि केही गर्ने वाचा गरेका थिए। यही वाचा अनुसार मृत्यु पर्यन्त छाप छाेड्ने कार्य गरेका थिए। पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको माओवादी-कांग्रेस संयुक्त सरकारमा जोशी उद्योगका मन्त्रीका रूपमा सहभागी भएका थिए। 

रुग्ण र बन्द भएका उद्योगलाई पुनर्जीवन दिनका लागि जोशीले आफ्नो कार्यकालमा भरमग्दुर प्रयास गरेका थिए। जोशीको कामको प्रतिफलले केही उद्योगहरूले नयाँ जीवन पाएका थिए। जोशीको पहलमा पुनर्जीवन पाएका केही उद्योगले सञ्चालन नाफा पनि कमाउन थालेका छन्।

जोशी उद्योगमन्त्री हुनुभन्दा अघि उदयपुर सिमेन्ट कारखाना घाटामा सञ्चालित थियो भने नेपाल औषधि लिमिटेडले सात वर्षदेखि सिटामोलको उत्पादन बन्द गरेको थियो।

२०७३ को साउनमा उद्योगमन्त्री बनेका जोशीको कार्यकाल २०७४ जेठमा सकिएको थियो। नौ महिने कार्यकालमा जोशीले बन्द रहेका र घाटामा सञ्चालित उद्योगहरूलाई पहिलो प्राथमिकतामा राखेका थिए।

उद्योगमन्त्रीका रूपमा जोशीले कार्यभार सम्हालेको समयमा उदयपुर सिमेन्ट कारखाना ४० करोड घाटामा थियो भने सिटामोलको उत्पादन बन्द अवस्थामा थियो। उदयपुर सिमेन्ट कारखाना निरन्तरको घाटाले बन्द हुने अवस्थामा पुगेको थियो।

नेपालमा उद्योग सञ्चालनका लागि उपयुक्त वातावरण छ भन्ने उनलाई लागेको थियो। सरकारले उद्योग सञ्चालनका लागि सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने सङ्कल्प थियो।

सरकारको स्वास्थ्य र शिक्षामा सबैभन्दा बढी दायित्व रहेको उनि बताउने गर्थे। बन्द रहेको सिटामोलको उत्पादनका लागि उनले तदरुकता देखाए। नेपालीका लागि सिटामोल ब्रान्ड नाम पनि हो। सिटामोल औषधिका रूपमा धेरै खपत भएको हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

बन्द रहेका उत्पादन सुचारु हुनाले रोजगारी पनि सिर्जना हुनुका साथै आम नागरिकले 'रिजनेबल' मूल्यमा सिटामोल प्राप्त गर्ने हुनाले सिटामोलको उत्पादनलाई उच्च प्राथमिकता दिएका थिए। 

सरकारी उद्योग तथा संस्थानहरू धराशायी हुनुको मुख्य कारण राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन र अनावश्यक कर्मचारीको भार रहेका छन्। जोशीले मन्त्रीमा नियुक्त भइसकेपछि उद्योगहरूको वस्तुस्थिति बुझ्दा तिनै कारणले उद्योगहरूले गति लिन नसकेको निर्क्योल गरे। 

नेपाल औषधि लिमिटेडमा जोशी पहिलो पटक पुग्दा बन्द अवस्थामा थियो। लिमिटेडका महाप्रबन्धकको पदमा कोही थिएनन्। उनले महाप्रबन्धक नयाँ नियुक्त गरे। महाप्रबन्धकलाई योग्यता र अनुभवका आधारमा छनोट गरे। आफै छनोट नगरी जोशीले डा. भगवान कोइरालाको छनोट टोलीलाई अधिकार दिए।

छनोट भएका नयाँ जीएमलाई ‘बेइमानी हुनुहुँदैन’ यति मात्रै भनेका थिए।  धेरै मेसिनहरू काम लाग्दैनन् भनी थन्क्याइएको थियो। जीवन पैसाभन्दा पनि महत्वपूर्ण भएकाले सिटामोल उत्पादन गर्नुपर्छ भन्ने उनलाई लाग्यो। निजी तथा बाहिरी कम्पनीसँग सरकारले प्रतिस्पर्धा गर्नसक्ने आत्मबल भएकै कारण तत्परता लिएको उक्त कार्य सफल भएकाे थियाे।। मानव जीवनसँग जोडिएका केही संवेदनशील विषयले पनि हामी सक्छौँ भन्ने आत्मविश्वास जागाउने काममात्र आफूले गरेकाे भन्दै उनी जस सबैलाई दिने गर्दथे।

Xtrem

Xtrem

उदयपुर, हेटौँडा कारखानामा जोशीले कर्मचारीमा परिवर्तन गर्नुपर्ने कारण देखेनन्। भएकै कर्मचारीहरूलाई उत्पादन र गुणस्तरमा जोड दिन आग्रह गरे। माथिल्लो निकायबाट उनले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। हिजो के भएको थियो, उनले सोधेनन्। भविष्य राम्रो हुनुपर्छ भन्ने उनको मान्यता थियो।

सरकारी लगानीमा स्थापित नेपाल औषधि लिमिटेडले २०७४ फागुनदेखि आफ्नो उत्पादन पुनः सुरु गरेको थियाे। विसं. २०६६ देखि बन्द रहेको कम्पनीलाई जाेशीले पुर्नजिवन दिएका थिए।  विगतमा एक सय २० प्रकारका औषधि उत्पादन गरेको कम्पनीले जीवनजल मात्रै उत्पादनमा आफूलाई सीमित गरेकाे अवस्थामा उनले नयाँ आसाकाे सञ्चार गराउँदै उत्पादन सुरु गराएका थिए।

२०२९ मा सरकारी तवरमा सञ्चालित उद्योग २०५८ देखि घाटामा जान थालेको थियो। पूर्वमन्त्री जोशीको पहलका कारण उद्योगले गति लिएको थियाे। ४० करोड घाटामा गएको उदयपुर सिमेन्टलाई जोशीको सक्रियतामा २४ घण्टा नै सञ्चालनमा ल्याइएको थियो। असल व्यवस्थापनका कारण उद्योगले उत्पादनमा वृद्धि गर्दै ११ करोड नाफा कमाएको थियाे। नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रूपमा रहेको उदयपुर सिमेन्ट कारखाना  २०४५ मा जापान सरकारको सहयोगमा निर्माण भएको थियो।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  २२:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग महासंघको जनकपुरधाममा असोज २२ र २३ गते सम्पन्न पाँचौँ पूर्ण बैठकले जारी गरेको घोषणापत्रमा गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल र र... शनिबार, असोज २४, २०८३
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो भारतको बिहार राज्यस्थित बेगुसराय जिल्लाको सिमरियाघाटमा घटस्थापनाको अघिल्लो दिन गङ्गास्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ। शनिबार, असोज २४, २०८३
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड रसुवालगायत बाढी प्रभावित जिल्लाहरूमा भौतिक क्षतिका साथै गम्भीर मानसिक स्वास्थ्य संकट निम्तिएको भन्दै सरोकारवालाहरूले तत्काल समन्वयात... शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्