काठमाडौँ– बितेका २४ घण्टामा दुई हजार ५११ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६६, संकेत बत्ती उल्लंघनकर्ता १२९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६७ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४२, निषेधित क्षेत्रमा हर्न बजाउने १६५, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १५६, एकतर्फी सडकमा सवारी चलाउने १६८ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३२५ जनालाई कारबाही गरिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।