काठमाडौं- अभिनेत्री निशा अधिकारीले पहिलो सन्तानलाई जन्म दिएकी छन्। गत वर्ष असारमा क्रिकेटर शरद भेषावकरसँग विवाह बन्धनमा बाँधिएकी निशाले अमेरिकाको एक अस्पतालमा बिहीबार छोरा जन्माएकी हुन्।
फेसबुकमा आज तस्बिर सार्वजनिक गर्दै उनले छोराको नाम 'युभान निशरद' रहेको जानकारीमसेत दिएकी छन्।
सगरमाथा आरोहणसमेत गरेकी निशा केही समय अघिदेखि अमेरिकामै रहँदै आएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।