• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत २४, २०८२ Tue, Apr 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सप्तरीवासीको कष्ट : हिउँदमा शीतलहर, वर्षामा बाढीको कहर

64x64
नेपाल लाइभ शनिबार, जेठ ५, २०७५  ०२:०३
1140x725

राजविराज– वर्षामा बाढीको कहर। हिउँदमा शीतलहर। हावाहुरीमा आगलागी। बालीनाली थन्क्याउने समयमा जंगली हात्तीको आतंक। सप्तरीवासीका लागि हरेक वर्ष दोहोरिइरने विपत्ति हुन् यी। एउटा समस्या समाधान नहुँदै अर्को समस्यासँग जुध्नु यहाँका स्थानीयहरुको बाध्यता हो, जो वर्षौंदेखि खेपिरहेका छन्।

हावाहुरी र आगलागीको पीडा भुल्न नपाउँदै सुरु हुन लागेको वर्षायामले यहाँका बासिन्दाको मनमा फेरि बाढीको त्राससँगै चिन्ता बढ्न थालेको छ। नदी नियन्त्रणको काम सुस्त रहेका कारणले पोहोर सालझैं यसपालि पनि बाढीको विपत्तिमा कसरी सुरक्षित रहने भन्ने चिन्ताले उनीहरुलाई पिरोल्न थालिसकेको छ।

गत साउन २६ गते सप्तरीको खाँडो खोलामा आएको बाढीमा परी राजविराज–१५, देउरी भरुवाका ६० वर्षीय डोमी यादवको ज्यान गयो। बाढी रोक्न बाँध बनाउने क्रममा खोलामा डुबेर उनको मृत्यु भएको हो। 

साउन २९ गते डाकनेश्वरी नगरपालिका–८ का ५८ वर्षीय नथुनीरामको पनि बाढीमै डुबेर मृत्यु भयो। डोमी र नथुनी मात्र होइन, बाढीमा डुबेर जिल्लाभरी ५ जनाले ज्यान गुमाए। खाँडो, महुली, जिता, त्रियुगा, बलान, अमाहा, सुन्दरी लगायतका खोलामा आएको बाढीले २५ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भए भने ७ सय ४२ घरमा आंशिक क्षति पुग्यो। बाढीवाट विस्थापित परिवार १ हजार ४ सय ८९ तथा डुबानमा परेको घर संख्या ३ हजार ६ सय ९० रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

खेतमा रोपेको धानसमेत बगाउँदा डेढ अर्बभन्दा बढी क्षति भएको समितिका संयोजक भागीरथ पाण्डेयले बताए। चुरे क्षेत्रबाट सप्तरी हुँदै बग्ने खाँडो, महुली लगायतका खहरे खोला यस जिल्लाका लागि समस्याका रुपमा रहेका छन्। यीमध्ये पनि सबैभन्दा बढी क्षति खाँडो खोलाबाट हुने गरेको छ।

गतवर्ष खाँडोले सकरपुरा, लौनियाँ, तिलाठी, रायपुर लगायतका दर्जनौँ स्थानमा खेतीयोग्य जमिन कटान गरेको थियो। कटानका कारण बाढी आउनुअगावै ‘खाँडो नदी नियन्त्रण आयोजना’मार्फत केही मात्रामा तटबन्ध निर्माणको काम त भएको थियो। तर, गुणस्तरहीन भएका कारण बाढी थेग्न नसकी ठूलो क्षति भएको बाढी पीडित जनताहरुको गुनासो छ।

nimb
nimb
Ncell 2
Ncell 2

बाढीले कटान गरेको क्षेत्रमा पूर्णरुपले मर्मत सम्भारका साथै नदी नियन्त्रणको काम समेत अझै अधुरो रहेका कारण आगामी वर्षायाम कसरी कटाउने भन्ने सप्तरीको नदी तटका बासिन्दालाई चिन्ता सुरु भएको हो।

आधा दर्जनभन्दा बढी खोलामा आउने बाढीले आसपासका क्षेत्रमा क्षति गर्ने भए पनि खाँडो बाहेकका अन्य नदीहरुमा नियन्त्रणको काम अहिले पनि सुरु हुन सकेको छैन। यसले सो आसपास बस्ने स्थानीयवासीको चिन्ता थपिएको छ। खाँडो खोलाको नियन्त्रणका लागि द्रुत गतिमा काम गर्नुपर्नेमा बजेटको अभावसँगै ठाउँठाउँमा स्थानीय बीचमै विवाद भएका कारण काम प्रभावित भएको राजविराजस्थित खाँडो नियन्त्रण आयोजनाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर विष्णुदेव यादवले बताए।

खाँडो नदीको बाढीले सबैभन्दा बढी प्रभावित दक्षिणी भेगस्थित तिलाठीमा नदी नियन्त्रणको काम रोकिएको छ। सो क्षेत्रमा स्थानीयले जग्गाको मुआब्जा माग्दै काम रोकेपछि त्यहाँ विनियोजन भएको ४ करोड बजेटबाट उत्तरतर्फ रायपुरमा नदी नियन्त्रणको काम जारी रहेको यादवले जानकारी दिए। खाँडो नियन्त्रणका लागि हालको बहाव भएको क्षेत्रबाटै काम अघि बढाउन थालेपछि स्थानीयले उक्त ठाउँ आफुहरुको नम्बरी जग्गा भएको भन्दै काम गर्न अवरोध सिर्जना गरेका थिए। 

स्थानीयले कि त मुआब्जा दिनुपर्ने अन्यथा पुरानै बहावका आधारमा काम गर्नुपर्ने अडान लिएपछि गतवर्ष देखिनै काम रोकिएको हो। तिलाठीमा काम रोकिए पनि कटानको बढी जोखिम रहेका अन्य १ दर्जन जति ठाउँमा अविलम्व काम सुरु गर्नुपर्ने स्थानीयको माग छ।

कार्यालय प्रमुख यादव भने बजेट अभावका कारण माग र आवश्यकताअनुसार काम गर्न नसकिएको बताउँछन्। उनका अनुसार चालु आर्थिक वर्षमा आयोजनाका लागि ३४ करोड ६८ लाख २८ हजार रुपैयाँ बजेट उपलब्ध हुनुपर्ने थियो। तर, उपलब्ध भएको १५ करोडमध्ये ६ करोड रुपैयाँ मात्रै बाँकी रहेकाले बाँकी काम गर्न पनि समस्या भएको यादवको भनाइ छ।

प्रकाशित मिति: शनिबार, जेठ ५, २०७५  ०२:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती कर्मचारीको बिदा विवरण पठाउन मन्त्रालयको पत्र
इरानलाई ट्रम्पको चेतावनीः सम्झौता नगरे आज राति एक सभ्यता समाप्त हुनेछ
लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
निजामती कर्मचारीको बिदा विवरण पठाउन मन्त्रालयको पत्र मंगलबार, चैत २४, २०८२
इरानलाई ट्रम्पको चेतावनीः सम्झौता नगरे आज राति एक सभ्यता समाप्त हुनेछ मंगलबार, चैत २४, २०८२
लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने मंगलबार, चैत २४, २०८२
सीमावर्ती भू-भागमा विकासका कार्यक्रमहरू केन्द्रित गर्नुपर्नेमा हर्क साम्पाङको जोड मंगलबार, चैत २४, २०८२
४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रयोग नगर्न पुनः निर्देशन मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी सोमबार, चैत २३, २०८२
सरकारले फिर्ता बोलायो भारतसहित ६ देशका राजदूत मंगलबार, चैत २४, २०८२
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्