• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

अनुसन्धानमा भद्दा मजाक : अभियुक्त सार्वजनिक, झा दम्पतीको अवस्था रहस्यमय

64x64
नारायण अधिकारी बिहीबार, चैत १२, २०७७  ०७:०५
1140x725

काठमाडौं- ‘आफ्नै घरमा सुतिरहेका बेला बेपत्ता पारिएका मुसाफिर झा र उनकी पत्नीको अवस्था किन पत्ता लाग्न सकेन? बिछ्यौनासहित रहस्यमय तरिकाले बेपत्ता पारिएको घटनाको दोषी किन प्रहरीले पत्ता लगाउन सकेन? तत्काल दोषीलाई कानुनी दायरामा ल्याइयोस्,’ मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद इन्दुकुमारी शर्माले भनिन्।

पीडित परिवारका सदस्यले जाहेरीमा उल्लेख गरेका मान्छेमात्रै प्रहरीले पक्राउ गरेको, प्रभावकारी अनुसन्धान नगरेको र अभियुक्त पक्राउ पर्दा समेत झा दम्पतीको अवस्था सार्वजनिक नहुनुले अनुसन्धानमै आशंका गर्ने ठाउँ रहेकोतर्फ सांसद शर्माले इंकित गरिन्।

सांसद शर्माले भनेजस्तै बेपत्ता भएको एक महिना नाघिसक्दा समेत मुसाफिर झा र उनकी पत्नी गीतादेवीको अवस्था प्रहरीले पत्ता लगाउन सकेको छैन। संसदसम्म पुगेको उक्त बेपत्ता प्रकरणको अनुसन्धानमाथि भने प्रहरी मजाक गरेको छ। रोचक त के भने बेपत्तामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेर सार्वजनिक गर्दा समेत झा दम्पतीको अवस्थाबारे भने प्रहरी अनभिज्ञ छ। बेपत्ता घटनामा संलग्न यिनै हुन् भनेर सार्वजनिक गर्ने तर बेपत्ता पारिएका व्यक्तिको अवस्थाबारे केही पत्ता लगाउन नसक्नुले प्रहरीको अनुसन्धान कति फितलो छ भन्ने स्पष्ट हुन्छ। 

गत फागुन १० गते महोत्तरीको पिपरा गाउँपालिका–५, सहोडवाका ६५ वर्षीय मुसाफिर र उनकी पत्नी ६० वर्षीया गीतादेवी आफ्नै घरमा सुतिरहेका थिए। भोलिपल्ट अबेरसम्म झा दम्पती नउठेपछि कोठामा गएर हेर्दा बिस्तरासहित उनीहरू बेपत्ता भएका थिए। कोठामा रगतका टाटासमेत भेटिएको थियो। 

उक्त घटनामा संलग्न भएको आरोपमा पक्राउ गरिएका चार जनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले गत आइतबार पत्रकार सम्मलेन गरी सार्वजनिक गरेको थियो। प्रहरीको दाबी अनुसार झा दम्पती बेपत्तामा उनका छिमेकी तथा स्थानीय रामबाबु यादव, उनका जेठा छोरा सुरेन्द्र यादव, कान्छा छोरा  राजेन्द्र र भारतको बिहार मधुवनीका हरेन्द्र ठाकुर संलग्न छन्। 

यो पनि पढ्नुहोस्

ओछ्यानसहित कसले वेपत्ता बनायो वृद्ध दम्पतीलाई?बुधबार, फागुन २६, २०७७

उनीहरू चार जना दम्पती बेपत्तामा संलग्न रहेको भनेर प्रहरीले सार्वजनिक गरे पनि दम्पतीको अवस्थाबारे भने अझै अनभिज्ञ छ। घटनामा संलग्न भनेर मान्छे सार्वजनिक गर्नु र बेपत्ता व्यक्तिको अवस्था भने एक महिनासम्म अज्ञात नै हुनुले प्रहरी अनुसन्धान कति कमजोर छ भने प्रष्ट्याउने नेपाल प्रहरीका पूर्वडिआइजी तथा सुरक्षाविज्ञ हेमन्त मल्ल बताउँछन्।

बेपत्तामा संलग्न भएको भनेर सार्वजनिक गरिएका व्यक्ति रामबाबुको घरमा रगत भेटिनु र उक्त रगत झा दम्पतीको घरमा भेटिएको रगतसँग म्याच हुनुलाई प्रहरीले बेपत्तामा उनीहरूको संलग्नता बेपत्ता भएको पुष्टि गर्ने आधार बनाएको छ। तर, अनुसन्धान अधिकारीले सोचेभन्दा फरक तरिकाले समेत अनुसन्धान हुनसक्ने भन्दै हतारिएर अभियुक्त सार्वजनिक गर्न नहुने मल्लको भनाइ छ । 

‘ओखलढुंगामा एक पटक यस्तै प्रकृतिको घटना भएको थियो। मान्छे नदीमा बेपत्ता पारिएको भनेर केही मान्छे पक्राउ गरेर कर्तव्य ज्यानमा मुद्दा चलाइएको थियो। पछि मृत भनेका व्यक्ति घर आए,’ पूर्वडिआइजी मल्ल भन्छन्, ‘रगतलाई आधार मानेर बेपत्तामा उनीहरूको संलग्नता भन्दै हतारिएर सार्वजनिक गर्नुले अनुसन्धान अपरिपक्व भएको संकेत गर्छ। यदि बेपत्तामा उनीहरू कैै संलग्नता हो भने सार्वजनिक गर्दा बेपत्ता दम्पतीको अवस्था प्रहरीले पत्ता लगाउनु पर्थ्याे।’

nimb
nimb
Ncell 2
Ncell 2

बेपत्ता पारिएका भनिएका व्यक्ति आफैं बेपत्ता भएको हुनसक्नेतर्फ समेत सोचेर प्रहरीले अनुसन्धान गर्नुपर्नेमा हतारिएर अभियुक्त सार्वजनिक गरिएको मल्लको भनाइ छ। 

बिस्तरासहति बेपत्ता हुनुले झनै शंका गर्ने ठाउँ देखिएको सुरक्षा विज्ञ मल्ल बताउँछन्। ‘अपहरण नै भएको वा कसैले बेपत्ता गराएको हो भने किन विस्तरासमेत लैजानु प¥यो र?’ शंका गर्ने ठाउँ रहेको मल्ल बताउँछन्। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यको भनाइले नै अनुसन्धान कति कमजोर छ भन्ने प्रष्ट्याउँछ। बेपत्तामा संलग्न भएका मान्छे पक्राउ गरिसकेपछि बेपत्ता पारिएका व्यक्तिको अवस्था भने किन पत्ता लाग्न सकेन भन्ने प्रश्नमा एसपी आचार्यले नेपाललाइभसँग भने, ‘बेपत्तामा संलग्न भनिएका मान्छेले बयानमा त्यसबारे केही बोल्नै नमान्दा समस्या आएको हो।’

‘मान्छे सार्वजनिक भएर मात्रै हुँदैन, कि सास चाहिन्छ कि लास’

झा दम्पतीका छोरा मनिषकुमार झा भने प्रहरी अनुसन्धानबाट अहिले सन्तुष्ट भइसकेका छैनन्। प्रहरी अनुसन्धानलाई प्रश्न गर्ने ठाउँ बाँकी नै रहेको उनले नेपाललाइभसँग बताए । ‘बेपत्ता घटनामा संलग्न भनेर केही व्यक्ति सार्वजनिक गरिए पनि बाबुआमाको अवस्था पत्ता नलाग्नुले अनुसन्धानमा प्रश्न गर्ने ठाउँ छ,’ मनिषकुमार भन्छन्। 

हाल पक्राउ गरिएका चार जना विरुद्ध पहिल्यैदेखि रिसिइबी भएकाले बेपत्ता घटनामा उनीहरूको संलग्नता हुनसक्ने झा परिवारको भनाइ छ। प्रहरीले चार जनालाई सार्वजनिक गर्दै बेपत्ता घटनामा संलग्न उनीहरू नै हुन् भनेको चित्त बुझे पनि बाबुआमाको अवस्थाबारे केही पत्ता लाग्न नसक्नुले अनुसन्धानमा झा परिवार सन्तुष्ट छैन।

‘बेपत्तामा संलग्न भनेर सार्वजनिक गरिसकेपछि बाबुआमाको अवस्था पत्ता लाग्नु पर्ने हो, तर अहिलेसम्म अवस्था पत्ता लाग्न सकेको छैन,’मनिषकुमार भन्छन्, ‘हामीलाई कि सास चाहिन्छ कि लास।’

सार्वजनिक गरिएका चार जना बेपत्तामा संलग्न हुने आधार के ?

सार्वजनिक गरिएका चारजना विरुद्ध प्रहरीले बेपत्ता, अपहरण तथा शरीर बन्धकको कसुरमा अनुसन्धान गरेको छ। पक्राउ गरिएका चार जना नै घटनामा संलग्नु हुनको मुख्य कारण रामबाबुको घरमा रगतको टाटा भेटिनु, पूर्वरिसिइबी हुनुलाई मुख्य आधार प्रहरीले बनाएको छ।

एसपी आचार्यले पत्रकार सम्मेलनमा दाबी गरका छन्, ‘झा दम्पतीको घरमा भेटिएको रगत र रामबाबुको घरमा भेटिएको रगत एउटै भएको पुष्टि भएको छ। जग्गा विवाद नै बेपत्ताको मुख्य कारण देखिन्छ।’

प्रहरीका अनुसार भारतीय नागरिक हरेन्द्र र रामबाबुले सस्तो मूल्यमा १३ बिगाहा जग्गा किनेर प्लटिङ गरी महँगोमा बेच्न लागेका थिए। प्लटिङ गर्न लागिएको जग्गाको उत्तरतर्फ भने बेपत्ता पारिएका दम्पतीको १४ कट्ठा जग्गा छ भने त्यो भन्दा माथि हरेन्द्रको थप २ बिगाहा जग्गा पर्छ। बीचमा झा दम्पतीको जग्गा रहेकाले उनीहरूले उक्त जग्गा बेच्न दबाब दिएको तर जग्गा बेच्न नमानेपछि बेपत्ता पारेको प्रहरीले दाबी गरेको छ। 

योसँगै प्रहरीले पोलिग्राफ परीक्षणमा अभियुक्तले झुट बोलेको भनेर पुष्टि भएको जनाएको छ। तर पोलिग्राफ परीक्षणलाई अदालतले भने प्रमाणको रुपमा लिने गरेको छैन।

कसरी भएका थिए झा दम्पती बेपत्ता?

फागुन १० गते ६५ वर्षीय मोसाफिर झा र उनकी ६० वर्षीया पत्नी गीतादेवी झा सहोडवास्थित आफ्नै घरमा सुतेका थिए। बेग्लाबेग्लै कोठामा सुतेका झा दम्पती भोलिपल्ट अबेरसम्म पनि उठेनन्।  त्यसपछि उनीहरूको कोठामा बुहारी जाँदा दुवै जना कोठामा थिएनन्। कोठामा रगतका टाटा देखिएका थिए, तर बिस्तरा भने थिएन।

यो पनि पढ्नुहोस्

२६ दिनसम्म पनि फेला परेनन् बिस्तरासहित बेपत्ता भएका झा दम्पती शनिबार, चैत ७, २०७७

मान्छे बेपत्ता हुनु र रगतका टाटासमेत देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। रगतका टाटा भेटिनु, बिस्तरा हराउनुले घटना रहस्यमय भएको भन्दै प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको थियो। तर, एक महिना बितिसक्दा समेत बेपत्ता दम्पतीको अवस्थाबारे प्रहरीले केही भेउ पाउन सकेको छैन।  

घटना भएको दिन झा दम्पतीको घरमा उनीहरूसँगै बुहारी र नाति थिए। उनीहरूले समेत घटनाका बारेमा कुनै जानकारी नपाएको प्रहरीलाई बताएका छन्। घरका दुई जना सदस्य बेपत्ता हुँदा परिवारका सदस्यलाई समेत कुनै जानकारी नहुनुले घटना झनै रहस्यमय भएको विश्लेषण प्रहरीको छ। 

आशंका सीमा पार गरिएकोसम्म

झा दम्पती बेपत्ता भएपछि उनको खोजीका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोली, प्रदेश २ प्रदेश प्रहरी कार्यालयको टोली र जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोली खटिएको छ। 

प्रदेश २ का डिआइजी धीरजप्रताप सिंहको टोलीले महोत्तरी, धनुषा लगायतका ठाउँमा एक महिनादेखि नै सर्च अपरेशन चलाइहेको छ। प्रहरीले सर्च अपरेसन चलाएपछि फागुन १४ गते उनीहरूले प्रयोग गर्ने २ वटा झुल भने पोखरीमा फेला पारेको थियो। झा दम्पतीको घरभन्दा करिब ८ सय मिटर टाढाको एक पोखरीमा उनीहरूले प्रयोग गर्ने दुई वटा झुल भेटिएको डिआइजी सिंहले बताए। 

पोखरीमा झुल भेटिएपछि दम्पतीको हत्या गरेर फालिएको हुनसक्ने भन्दै प्रहरीले महोत्तरी र धनुषाका ५० वटा पोखरीमा समेत जाल हानेर खोजी गरेको थियो। तर फेला नपरेपछि सीमा पार गरेर भारत पुर्‍याएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। डिआइजी सिंह भन्छन्, ‘अहिलेसम्म अवस्था पत्ता नलाग्नुले उनीहरूलाई सीमा पार गराइसकिएको पनि हुनसक्छ।’

प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
आकाशे पुलको प्रयोग गर्न अनुरोध गर्दा बानेश्वरमा महिला प्रहरीमाथि हातपात मंगलबार, भदौ ९, २०८३
दलभित्र विश्वास गुमाउने अनि अदालत जाने शैलीले कांग्रेसलाई न्याय गर्दैन : प्रवक्ता चालिसेको कटाक्ष मंगलबार, भदौ ९, २०८३
प्रधानमन्त्री बालेनलाई संसद्मा ११ सांसदले सोध्दैछन् प्रश्न, रास्वपाले कोटा नै घटायो मंगलबार, भदौ ९, २०८३
सेरिब्रल पाल्सी पीडित बालबालिकाको सहयोगार्थ नर्सिङ एसोसिएसन यूकेको च्यारिटी मंगलबार, भदौ ९, २०८३
१५औँ महाधिवेशन रोक्न देउवा पक्ष सर्वोच्चमा, भदौ ११ मा सुनुवाइ मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्