• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

ओछ्यानसहित कसले वेपत्ता बनायो वृद्ध दम्पतीलाई?

तीन कोणबाट अनुसन्धान, ४ जना पक्राउ
64x64
नारायण अधिकारी बुधबार, फागुन २६, २०७७  ०८:२४
1140x725

काठमाडौं- महोत्तरीको पिपरा गाउँपालिका-५, सहोडवाका एक दम्पती बेपत्ता भएको दुई साता बितिसक्दा समेत उनीहरूको अवस्थाबारे प्रहरीले कुनै जानकारी पाउन सकेको छैन। घरमै सुतिरहेको अवस्थामा वेपत्ता भएका उनीहरूको खोजी भएको दुई साता बित्यो, तर उपलब्धि भने शून्य छ।

फागुन १० गते ६५ वर्षीय मोसाफिर झा र उनकी ६० वर्षीया पत्नी गीतादेवी झा सहोडवास्थित आफ्नै घरमा सुतेका थिए। बेग्लाबेग्लै कोठामा सुतेका झा दम्पती भोलिपल्ट अबेरसम्म पनि उठेनन्। त्यसपछि उनीहरूको कोठामा बुहारी जाँदा दुवै जना कोठामा थिएनन्। कोठामा रगतका टाटा देखिएका थिए, तर विस्तरा भने थिएन।

मान्छे बेपत्ता हुनु र रगतका टाटासमेत देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली घटनास्थल पुग्दा रगतका टाटा थिए भने उनीहरूको विस्तरा थिएन। रगतका टाटा भेटिनु, विस्तरा हराउनुले घटना रहस्यमय भएको भन्दै प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको थियो। तर, घटनाको दुई साता लाग्दा बित्दासमेत प्रहरीले कुनै उपलब्धि हासिल गर्न सकेको छैन। 

घटना भएको दिन झा दम्पतीको घरमा उनीहरूसँगै बुहारी र नाति थिए। उनीहरूले समेत घटनाका बारेमा कुनै जानकारी नपाएको प्रहरीलाई बताएका छन्। घरका दुई जना सदस्य बेपत्ता हुँदा परिवारका सदस्यलाई समेत कुनै जानकारी नहुनुले घटना झनै रहस्यमय भएको विश्लेषण प्रहरीको छ। 

सर्च अपरेसन ः दम्पतीले प्रयोग गर्ने झुल पोखरीमा भेटियो 
झा दम्पती बेपत्ता भएपछि उनको खोजीका लागि प्रदेश २ प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीको गरी ५० भन्दा बढी प्रहरी परिचालन गरेको प्रदेश २ का डिआइजी धीरजप्रताप सिंह बताउँछन्। 'घटना शंकास्पद देखिएपछि खोजीका लागि ५० भन्दा बढी प्रहरी परिचालन गरिएको छ। तर, अहिलेसम्म अवस्था भने केही जानकारी हुन सकेको छैन,’ डिआइजी सिंहले नेपाल लाइभसँग भने। 

प्रहरीले सर्च अपरेसन चलाएपछि फागुन १४ गते उनीहरूले प्रयोग गर्ने २ वटा झुल भने पोखरीमा फेला पारेको छ। झा दम्पतीको घरभन्दा करिब ८ सय मिटर टाढाको एक पोखरीमा उनीहरूले प्रयोग गर्ने दुई वटा झुल भेटिएको डिआइजी सिंहले बताए। 

पोखरीमा झुल भेटिएपछि दम्पतीको हत्या गरेर फालिएको हुनसक्ने भन्दै प्रहरीले महोत्तरी र धनुषाका ५० वटा पोखरीमा समेत जाल हानेर खोजी गरेकाे महोत्तरीका एसपी टीकाबहादुर केसी बताउँछन्। झाडी, खोला, पोखरीमा समेत उनको खोजी तीव्र पारिए पनि दम्पतीको अवस्था पत्ता लाग्न सकेको छैन।

झा दम्पतीसँगै उनीहरूले प्रयोग गर्ने झुल, तकिया बिस्तरा समेत हराएको थियो। उनीहरूले प्रयोग गर्ने बिस्तरा समेत हराएपछि झनै शंका गर्ने ठाउँ देखिएको डिआइजी सिंह बताउँछन्। ‘अपहरण नै भएको वा अरु कुनै घटना भएको हो भने किन विस्तरा समेत लैजानु पर्‍यो र?’ डिआइजी सिंहले शंका गर्ने ठाउँ रहेको तर्फ इकिंत गरे।

nimb
nimb
Ncell 2
Ncell 2

तीन कोणबाट अनुसन्धान
घटना भएको जानकारी पाउनासाथ तालिम प्राप्त कुकुरसमेत परिचालन गरेर प्रहरीले घटनाको अनुसन्धान गरेको थियो। कुकुरबाट समेत कुनै संकेत मिल्न सकेको थिएन। त्यसबेला रगतका टाटा देखिए पनि कुकुरले कुनै संकेत गर्न सकेको थिएन। 

त्यसपछि भने दम्पती बेपत्ताबारे मुख्य गरी तीनवटा पाटोलाई केन्द्रमा राखेर अनुसन्धान भइरहेको डिआइजी सिंह बताउँछन्। सिंहका अनुसार पारिवारिक, व्यक्तिगत रिसिइबी र आर्थिक गरी तीन कोणबाट अनुसन्धान भइरहेको छ।

तीनै पाटाबारे विभिन्न टेक्निकल एनालाइसिस, म्यानुअल अनुसन्धान, सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। झा दम्पती बेपत्ता हुनु वा पारिनुमा कुनै पारिवारिक कारण छ/छैन, उनीहरूको रिसिइबी कोही कसैसँग छ/छैन, वा कुनै आर्थिक कारण पो उनीहरूलाई बेपत्ता पारिएको हुनसक्छ भन्नेबारे समेत सुक्ष्म अनुसन्धान भइरहेको डिआइजी सिंह बताउँछन्।

चार जना पक्राउ, दर्जनौंसँग सोधपुछ
वृद्ध झा दम्पती वेपत्ता भएसँगै खोजी सुरु गरेको प्रहरीले दुई दर्जन व्यक्तिसँग सोधपुछ गरिसकेको छ। उनीहरूका आफन्त, स्थानीयसम्म सोधपुछ गरिएको छ। सो क्रममा शंकास्पद देखिएका चार जनालाई पक्राउ गरिएको डिआइजी सिंहले बताए।

सिंहका अनुसार रामबाबु यादव, उनका दुई छोरा र भारतीय नागरिक हरेन्द्र ठाकुरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ। उनीहरूका भनाइ एक आपसमा बाझिएको र शंका गर्ने ठाउँ देखिएकाले पक्राउ गरेर अनुसन्धान सुरु गरिएको सिंहले बताए।

यद्यपि, झा दम्पती बेपत्ता घटनामा उनीहरू संलग्न छन् वा छैनन् भन्नेबारे पुष्टि भने भइनसकेको प्रहरीले जनाएको छ। ‘अहिले अनुसन्धानका क्रममा शंकास्पद देखिएपछि पक्राउ गरेर अनुसन्धान गरिएको हो। झा दम्पती बेपत्तामा अहिले नै उनीहरू संलग्न छन्/ छैनन् भन्न सक्ने अवस्था छैन,’ डिआइजी सिंहले भने।

पक्राउ परेकाहरूको पोलिग्राफ समेत परीक्षण गरिएको र पोलिग्राफमा झुट बोलेको पाइएको प्रहरी स्रोतले जनाएको छ।

जग्गा विवादका साक्षी थिए झा, पेशीको अघिल्लो दिनबाटै वेपत्ता
बेपत्ता झा साक्षी बसेको एउटा जग्गाको विवाद भएको अनुसन्धानबाट खुलेको छ। झाको छिमेकीसमेत रहेका जग्गा व्यवसायी रामबाबु यादवसँग विवाद भएको थियो। झा जग्गाको साक्षी बसेका थिए। फागुन ११ गते जग्गा विवाद मुद्दाको पेशी थियो तर, झा दम्पती भने अघिल्लो रातिबाटै बेपत्ता भएका हुन्। सोही रिसिइबी साँध्न उनलाई बेपत्ता पारिएको हुनसक्ने भन्दै रामबाबु यादवसहितका मान्छेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको हो।

मालपोतको कर्मचारी समेत रहेका मोसाफिर झा मोहियानी जग्गा विवाद मुद्दाको साक्षी बसेका थिए। फागुन १० गते दुई व्यक्ति झाको घर आएर भोलि साक्षी बस्न जानुपर्ने भनेर बताएकोसम्म प्रहरी अनुसन्धानबाट खुलेको छ। ‘दिउँसो दुई मान्छेले भेटर साक्षी बस्न भोलि अदालत जानुपर्छ भन्ने बताए तर सोही राति उनीहरू बेपत्ता भएको देखिन्छ’, डिआइजी सिंह भन्छन्। झा दम्पती बेपत्तामा यो पाटोबाट अनुसन्धान आवश्यक देखिएपछि रामबाबुसहितका व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।

बेपत्ता हुनु अघिल्लो दिनमात्रै झा दम्पतीले जग्गा बेचेको र सो वापत रकम समेत बुझेकाले उनीहरू वेपत्ता हुनुको पछाडि आर्थिक कारण पनि जोडिएको हुनसक्ने प्रहरी विश्लेषण छ। झा दम्पतीले १० धुर जग्गा साढे ७ लाखमा बेचेको पाइएको छ। त्यसबेला उनीहरूले ५ लाख रुपैयाँ भने बुझिसकेका थिए। 

प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  ०८:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
रेणु चन्दको संयोजकत्वमा राष्ट्रिय सभामा महिला समन्वय समिति गठन मंगलबार, भदौ ९, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा मंगलबार, भदौ ९, २०८३
आकाशे पुलको प्रयोग गर्न अनुरोध गर्दा बानेश्वरमा महिला प्रहरीमाथि हातपात मंगलबार, भदौ ९, २०८३
दलभित्र विश्वास गुमाउने अनि अदालत जाने शैलीले कांग्रेसलाई न्याय गर्दैन : प्रवक्ता चालिसेको कटाक्ष मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्