• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

ओछ्यानसहित कसले वेपत्ता बनायो वृद्ध दम्पतीलाई?

तीन कोणबाट अनुसन्धान, ४ जना पक्राउ
64x64
नारायण अधिकारी बुधबार, फागुन २६, २०७७  ०८:२४
1140x725

काठमाडौं- महोत्तरीको पिपरा गाउँपालिका-५, सहोडवाका एक दम्पती बेपत्ता भएको दुई साता बितिसक्दा समेत उनीहरूको अवस्थाबारे प्रहरीले कुनै जानकारी पाउन सकेको छैन। घरमै सुतिरहेको अवस्थामा वेपत्ता भएका उनीहरूको खोजी भएको दुई साता बित्यो, तर उपलब्धि भने शून्य छ।

फागुन १० गते ६५ वर्षीय मोसाफिर झा र उनकी ६० वर्षीया पत्नी गीतादेवी झा सहोडवास्थित आफ्नै घरमा सुतेका थिए। बेग्लाबेग्लै कोठामा सुतेका झा दम्पती भोलिपल्ट अबेरसम्म पनि उठेनन्। त्यसपछि उनीहरूको कोठामा बुहारी जाँदा दुवै जना कोठामा थिएनन्। कोठामा रगतका टाटा देखिएका थिए, तर विस्तरा भने थिएन।

मान्छे बेपत्ता हुनु र रगतका टाटासमेत देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली घटनास्थल पुग्दा रगतका टाटा थिए भने उनीहरूको विस्तरा थिएन। रगतका टाटा भेटिनु, विस्तरा हराउनुले घटना रहस्यमय भएको भन्दै प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको थियो। तर, घटनाको दुई साता लाग्दा बित्दासमेत प्रहरीले कुनै उपलब्धि हासिल गर्न सकेको छैन। 

घटना भएको दिन झा दम्पतीको घरमा उनीहरूसँगै बुहारी र नाति थिए। उनीहरूले समेत घटनाका बारेमा कुनै जानकारी नपाएको प्रहरीलाई बताएका छन्। घरका दुई जना सदस्य बेपत्ता हुँदा परिवारका सदस्यलाई समेत कुनै जानकारी नहुनुले घटना झनै रहस्यमय भएको विश्लेषण प्रहरीको छ। 

सर्च अपरेसन ः दम्पतीले प्रयोग गर्ने झुल पोखरीमा भेटियो 
झा दम्पती बेपत्ता भएपछि उनको खोजीका लागि प्रदेश २ प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीको गरी ५० भन्दा बढी प्रहरी परिचालन गरेको प्रदेश २ का डिआइजी धीरजप्रताप सिंह बताउँछन्। 'घटना शंकास्पद देखिएपछि खोजीका लागि ५० भन्दा बढी प्रहरी परिचालन गरिएको छ। तर, अहिलेसम्म अवस्था भने केही जानकारी हुन सकेको छैन,’ डिआइजी सिंहले नेपाल लाइभसँग भने। 

प्रहरीले सर्च अपरेसन चलाएपछि फागुन १४ गते उनीहरूले प्रयोग गर्ने २ वटा झुल भने पोखरीमा फेला पारेको छ। झा दम्पतीको घरभन्दा करिब ८ सय मिटर टाढाको एक पोखरीमा उनीहरूले प्रयोग गर्ने दुई वटा झुल भेटिएको डिआइजी सिंहले बताए। 

पोखरीमा झुल भेटिएपछि दम्पतीको हत्या गरेर फालिएको हुनसक्ने भन्दै प्रहरीले महोत्तरी र धनुषाका ५० वटा पोखरीमा समेत जाल हानेर खोजी गरेकाे महोत्तरीका एसपी टीकाबहादुर केसी बताउँछन्। झाडी, खोला, पोखरीमा समेत उनको खोजी तीव्र पारिए पनि दम्पतीको अवस्था पत्ता लाग्न सकेको छैन।

झा दम्पतीसँगै उनीहरूले प्रयोग गर्ने झुल, तकिया बिस्तरा समेत हराएको थियो। उनीहरूले प्रयोग गर्ने बिस्तरा समेत हराएपछि झनै शंका गर्ने ठाउँ देखिएको डिआइजी सिंह बताउँछन्। ‘अपहरण नै भएको वा अरु कुनै घटना भएको हो भने किन विस्तरा समेत लैजानु पर्‍यो र?’ डिआइजी सिंहले शंका गर्ने ठाउँ रहेको तर्फ इकिंत गरे।

Ncell 2
Ncell 2
nimb
nimb

तीन कोणबाट अनुसन्धान
घटना भएको जानकारी पाउनासाथ तालिम प्राप्त कुकुरसमेत परिचालन गरेर प्रहरीले घटनाको अनुसन्धान गरेको थियो। कुकुरबाट समेत कुनै संकेत मिल्न सकेको थिएन। त्यसबेला रगतका टाटा देखिए पनि कुकुरले कुनै संकेत गर्न सकेको थिएन। 

त्यसपछि भने दम्पती बेपत्ताबारे मुख्य गरी तीनवटा पाटोलाई केन्द्रमा राखेर अनुसन्धान भइरहेको डिआइजी सिंह बताउँछन्। सिंहका अनुसार पारिवारिक, व्यक्तिगत रिसिइबी र आर्थिक गरी तीन कोणबाट अनुसन्धान भइरहेको छ।

तीनै पाटाबारे विभिन्न टेक्निकल एनालाइसिस, म्यानुअल अनुसन्धान, सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। झा दम्पती बेपत्ता हुनु वा पारिनुमा कुनै पारिवारिक कारण छ/छैन, उनीहरूको रिसिइबी कोही कसैसँग छ/छैन, वा कुनै आर्थिक कारण पो उनीहरूलाई बेपत्ता पारिएको हुनसक्छ भन्नेबारे समेत सुक्ष्म अनुसन्धान भइरहेको डिआइजी सिंह बताउँछन्।

चार जना पक्राउ, दर्जनौंसँग सोधपुछ
वृद्ध झा दम्पती वेपत्ता भएसँगै खोजी सुरु गरेको प्रहरीले दुई दर्जन व्यक्तिसँग सोधपुछ गरिसकेको छ। उनीहरूका आफन्त, स्थानीयसम्म सोधपुछ गरिएको छ। सो क्रममा शंकास्पद देखिएका चार जनालाई पक्राउ गरिएको डिआइजी सिंहले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सिंहका अनुसार रामबाबु यादव, उनका दुई छोरा र भारतीय नागरिक हरेन्द्र ठाकुरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ। उनीहरूका भनाइ एक आपसमा बाझिएको र शंका गर्ने ठाउँ देखिएकाले पक्राउ गरेर अनुसन्धान सुरु गरिएको सिंहले बताए।

यद्यपि, झा दम्पती बेपत्ता घटनामा उनीहरू संलग्न छन् वा छैनन् भन्नेबारे पुष्टि भने भइनसकेको प्रहरीले जनाएको छ। ‘अहिले अनुसन्धानका क्रममा शंकास्पद देखिएपछि पक्राउ गरेर अनुसन्धान गरिएको हो। झा दम्पती बेपत्तामा अहिले नै उनीहरू संलग्न छन्/ छैनन् भन्न सक्ने अवस्था छैन,’ डिआइजी सिंहले भने।

पक्राउ परेकाहरूको पोलिग्राफ समेत परीक्षण गरिएको र पोलिग्राफमा झुट बोलेको पाइएको प्रहरी स्रोतले जनाएको छ।

जग्गा विवादका साक्षी थिए झा, पेशीको अघिल्लो दिनबाटै वेपत्ता
बेपत्ता झा साक्षी बसेको एउटा जग्गाको विवाद भएको अनुसन्धानबाट खुलेको छ। झाको छिमेकीसमेत रहेका जग्गा व्यवसायी रामबाबु यादवसँग विवाद भएको थियो। झा जग्गाको साक्षी बसेका थिए। फागुन ११ गते जग्गा विवाद मुद्दाको पेशी थियो तर, झा दम्पती भने अघिल्लो रातिबाटै बेपत्ता भएका हुन्। सोही रिसिइबी साँध्न उनलाई बेपत्ता पारिएको हुनसक्ने भन्दै रामबाबु यादवसहितका मान्छेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको हो।

मालपोतको कर्मचारी समेत रहेका मोसाफिर झा मोहियानी जग्गा विवाद मुद्दाको साक्षी बसेका थिए। फागुन १० गते दुई व्यक्ति झाको घर आएर भोलि साक्षी बस्न जानुपर्ने भनेर बताएकोसम्म प्रहरी अनुसन्धानबाट खुलेको छ। ‘दिउँसो दुई मान्छेले भेटर साक्षी बस्न भोलि अदालत जानुपर्छ भन्ने बताए तर सोही राति उनीहरू बेपत्ता भएको देखिन्छ’, डिआइजी सिंह भन्छन्। झा दम्पती बेपत्तामा यो पाटोबाट अनुसन्धान आवश्यक देखिएपछि रामबाबुसहितका व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।

बेपत्ता हुनु अघिल्लो दिनमात्रै झा दम्पतीले जग्गा बेचेको र सो वापत रकम समेत बुझेकाले उनीहरू वेपत्ता हुनुको पछाडि आर्थिक कारण पनि जोडिएको हुनसक्ने प्रहरी विश्लेषण छ। झा दम्पतीले १० धुर जग्गा साढे ७ लाखमा बेचेको पाइएको छ। त्यसबेला उनीहरूले ५ लाख रुपैयाँ भने बुझिसकेका थिए। 

प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  ०८:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुरक्षा व्यवस्थापनमै बित्छ प्रहरीको दशैं, मासु पनि खान पाइँदैन ‘सजिलै’ दशैंमा प्रहरीलाई मासु खुवाउनुपर्ने, तर दशैंको मासुको लागि भनेर छुट्टै बजेट नआउने भएकाले प्रहरीलाई दशैंको लागि मासुको जोहो गर्ने चिन्... बुधबार, कात्तिक ४, २०८३
चार दिनमै फेरि कारागारमा उनी कारागारबाट भागेको चार दिनमै फेरि कारागारमै पुगेका छन् । मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सुरक्षा व्यवस्थापनमै बित्छ प्रहरीको दशैं, मासु पनि खान पाइँदैन ‘सजिलै’ बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्