काठमाडौं–जनकपुरमा विभिन्न वाणिज्य बैंकहरुले तीन सयभन्दा बढी मर्चेन्टरलाई क्यूआर कोड हस्तान्तरण गरेका छन्।
डिजिटल बैंकिङ प्रयोगलाई आम सर्वसाधारणसम्म पुर्याउने नीतिअनुसार नेपाल बैंकर्स संघ प्रदेश २ को प्रादेशिक समितिको पहलमा मंगलबार जनकपुर स्थित वाणिज्य बैंकमार्फत क्यूआर कोड हस्तान्तरण गरिएको हो।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोडमार्फत हुने भुक्तानीलाई देशव्यापी अभियानको रूपमा विस्तार गर्ने योजना रहेको जानकारी दिए।
कार्यक्रमको उद्घाटन गर्दै प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले डिजिटल बैंकिङमा जोड दिनुपर्ने बताए।
यो प्रविधिले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने र मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा योगदान पु¥याउने कार्यक्रमका सहभागीको धारणा थियो।
देशभर डिजिटल नेपालको प्रवर्द्धनका लागि राष्ट्र बैंकसँग मिलेर अगाडि बढ्न बैंकहरू तयार रहेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दहालले बताए।
क्यूआर कोड प्रयोग अहिलेको कोभिड–१९ को महामारीका बेलामा झनै उपयोगी सावित भएको उनको भनाइ थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।