• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली रणनीति : पहिले जसपा जुटाए, अहिले फुटाउन जोडबल!  

64x64
वीरेन्द्र ओली मंगलबार, चैत १०, २०७७  २०:१९
1140x725
प्रधानमन्त्री ओली र जसपा नेताहरूबीचको छलफल। तस्बिर : प्रधानमन्त्रीको सचिवालय।

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का नेताहरू मंगलबार पनि प्रधानमन्त्री निवास बालुवाटार पुगे। प्रतिनिधि सभा विघटनको निर्णय बदर भएपछि जसपा नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेको यो तेस्रो पटक हो। 

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै सरकार अल्पमतमा पर्ने भएकाले जसपा नेताहरुलाई फकाउन प्रधानमन्त्री ओली लागिपरेका छन्। प्रधानमन्त्रीमा ओली निरन्तर हुनका लागि अर्को दलले समर्थन गर्नैपर्छ। कांग्रेस र माओवादीले साथ नदिने स्पष्ट संकेत दिएपछि ओलीको नजर जसपातिर केन्द्रित भएको हो। आफ्नो सत्ता टिकाउन ओलीले जसपाको समर्थन खोज्न थालेपछि जसपा नेताहरू भने दुई धारमा देखिएका छन्। 

सरकारमा सहभागी हुने विषयमा धारणा बनाउन जसपा पदाधिकारी बैठक बसेर एमाले, माओवादी र कांग्रेस तीनै दलका शीर्ष नेतालाई भेटेर आफ्नो कुरा राख्ने सहमति भएको थियो। सहमतिबमोजिम जसपाका शीर्ष नेताहरू पहिले प्रधानमन्त्री ओलीलाई भेट्न गत फागुन २७ गते बालुवाटार पुगेका थिए। बैठकमा अध्यक्ष महन्थ ठाकुर, अर्का अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राई बालुवाटार पुगेका थिए। तर, संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले अस्वस्थ भएको कारण देखाउँदै बालुवाटार जान अस्वीकार गरेका थिए। जसपाका नेताहरुले ओलीलाई भेटेपछि क्रमिक रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई पनि भेटेका थिए।

यो पनि पढ्नुहोस्

सुवास नेम्वाङ भन्छन्- जसपासँगको छलफल सकारात्मक हुँदै गएको छमंगलबार, चैत १०, २०७७

जसपाका नेताहरुले देउवा र प्रचण्डलाई दोहोर्‍याएर नभेटेपनि ओली र उनी पक्षका नेताहरुलाई भने नियमित रूपमा भेटिरहेका छन्। नेताहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लाले गत फागुन २८ गते अर्थमन्त्री विष्णु पौडेल, एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईसँग भेट गरेका थिए। भेटमा जेलमा रहेका जसपा सांसद रेशम चौधरीलगायत मधेश आन्दोलनका क्रममा जेलमा परेका बन्दी रिहाइ र मुद्दाको अवस्था अध्ययन गर्ने सहमति भएको थियो। उक्त सहमतीलाई मूर्त रूप दिन मंगलबार प्रधानमन्त्री ओलीसहित पौडेल, नेम्वाङ र भट्टराईले जसपाका ठाकुर, महतो कर्ण र शुक्लालाई बालुवाटारमा छलफल गरेका हुन्। 

सरकार र जसपाका नेताहरुबीचको छलफल सकारात्मक हुँदै गएको नेम्वाङले नेपाल लाइभलाई बताए। ‘जसपासँगको वार्ता निष्कर्षमा पुगेको छैन। यो छलफललाई निरन्तरता दिने भन्ने भएको छ। वार्ता सकारात्मक हुँदै गएको छ,' नेम्वाङले भने, ‘जसपाका मागप्रति सरकार सकारात्मक छ। सहमति हुने वातावरण बन्दै गएको छ।’ 

जसपाले रेशम चौधरीको रिहाई, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता लिनुपर्ने र संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने माग राखेको नेम्वाङले बताए। 

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीसँग जसपा नेताहरूको छलफल, रेशम चौधरीसहितको मुद्दाबारे ‘ब्रिफिङ’मंगलबार, चैत १०, २०७७

आफूहरूका मुद्दाका विषयमा सरकारसँग छलफल गर्न जसपाले अनौपचारिक रूपमा दुई सदस्यीय कार्यदल बनाएको छ। कार्यदलमा कर्ण र शुक्ला सदस्य छन्। तर जसपाको तत्कालीन समाजवादी पार्टी पक्षले कर्ण र शुक्लाको दुई सदस्यीय कार्यदलका विषयमा पार्टीलाई जानकारी नभएको बताएको छ। 

केही दिनअघि नेपाल लाइभसँग कुराकानी गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले कार्यदलबारे आफूहरूलाई जानकारी नै नभएको बताएका थिए। ‘जसपामा दुई सदस्यीय कार्यदल बनेको पार्टीलाई थाहा छैन। कोही व्यक्तिले आफ्नै ढंगले छलफल गर्न त्यस्तो बनाउँन सक्छन्,' यादवले भने, ‘पार्टी कमिटीमा छलफल गरेर कुनै कार्यदल बनेको छैन। त्यस विषयमा पार्टीलाई जानकारी पनि छैन।’ 

Ncell 2
Ncell 2
nimb
nimb

ओली सरकारमा जाने वा नजाने विषय जसपामा पेचिलो बन्दै गएको छ। तत्कालीन समाजवादी पार्टीपक्षका उपेन्द्र यादव र बाबुराम भट्टराईलगायत नेताहरु ओली सरकारमा जानै नहुने पक्षमा छन्। गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि उनीविरुद्ध प्रतिगमन भन्दै सडक आन्दोलनमा जाने फेरि उनीसँगै सरकारमा जान नहुने पक्षमा उनीहरू छन्। तर, तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) पक्षका महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेताहरु आफ्नो मुद्दालाई केन्द्रमा राखेर सहमति गर्नुपर्ने पक्षमा छन्। 

यो पनि पढ्नुहोस्

ओलीसँग लगनगाँठो कस्न सकिँदैन : उपेन्द्र यादवबिहीबार, चैत ५, २०७७

ओलीले अध्यादेश ल्याएपछि यसरी बनेको थियो जसपा
तत्कालीन नेकपामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्तावको तयारी भइरहेको विषय उठिरहेका बेला ओलीले वैशाख ८ गते दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए। अध्यादेश ल्याएलगतै नेकपा मात्रै होइन, जसपामा पनि निक्कै ठूलो खैलाबैला मच्चिएको थियो। 

प्रधानमन्त्री ओलीले आफ्नो पार्टी, तत्कालीन राजपा र समाजवादी पार्टीलाई समेत विभाजन गर्न सक्ने र कुनै विभाजित दललाई सरकारमा ल्याएर आफू टिकिरहने जोडघटाउमा लागेका थिए। त्यो सबै कामको नेतृत्व पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले बालकोटबाटै चलाएको एक नेताले बताए। त्यसमा साथ दिन फिल्डमा तत्कालीन नेकपाका नेता महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि खटिएका थिए।

यो पनि पढ्नुहोस्

किन रोकियो जसपाको बैठक? महन्थ भन्छन्- होलीपछि फेरि बस्छौंबिहीबार, चैत ५, २०७७ 

प्रधानमन्त्रीले अध्यादेश ल्याएकै दिन वैशाख ८ गते कोरोना महामारीकैबीच बस्नेत, श्रेष्ठ र खनाल जनकपुर पुगेर समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई भेटेका थिए। पार्टी फुटाउने प्रयोजनकै लागि समाजवादी पार्टीका सांसद यादवलाई उनीहरुले बालुवाटार पुर्‍याएका थिए। यादवलाई बालुवाटार छिराएको चाल पाएका राजपा र समाजवादी आफ्नो पार्टी फुट्ने भयले हतारहतार एकता गर्ने मुडमा पुगेका थिए। 

Xtrem

Xtrem

पार्टीमा धेरै छलफल र बहस नगरेर राजपा र समाजवादी पार्टीबीच गत वैशाख १० गते राती ११ बजे एकाएक एकता भएको घोषणा गरिएको थियो। पार्टीका विचार र सिद्धान्त कुनै विषयमा प्रवेश नगरी प्राविधिक रूपमा एकता भएको घोषणा गरिएको थियो। विभाजनको भयले त्रसित भएका दुवै पार्टीले वैशाख ११ गते बिहान १० बजे निर्वाचन आयोग पुगेर एकता भएको पत्र बुझाएका थिए।

यसरी हतारहतार एकता गरेका दुई पार्टीले एक वर्षसम्म छुट्टाछुट्टै दलको कार्यालय राखेका छन्। वैधानिक रुपमा संसदमा दुई पार्टी कायमै छन् भने निर्वाचन आयोगमा एउटै दल बनाइएको छ। दलको विधान बनेको छैन भने जनवर्गीय संगठनले आ–आफ्नै तरिकाले काम गरिरहेका छन्।

यसअघि ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर एक भएको जसपा फेरि ओलीकै रणनीतिमा विभाजन हुने सक्ने राजनीतिक वृत्तमा विश्लेषणको विषय बन्न थालेको छ। 

थप समाचार:
नयाँ सरकार निर्माणको चाबी जसपा भएपछि सुस्तायो कांग्रेस

प्रधानमन्त्री ओलीलाई संकेत गर्दै भट्टराईले भने– नेपालमा ‘हिट्लर’को उदय हुँदै छ

 

प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  २०:१९
  • #जसपा
  • #ओली_रणनीति

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको ‘जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन तथा उपयोगसम्बन्धी छलफल तथा अन्तरक्रिया’पछि... बिहीबार, असोज १५, २०८३
डडेल्धुराका २८ वर्षीय मेयर जोशीले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी गत भदौ २३ गतेको जेन–जी आन्दोलनपछि युवाहरूको राजनीतिमा प्रवेशबारे बहस बढिरहेका बेला जोशी भने त्यसअघि नै स्थानीय तहको नेतृत्वमा पुगिसक... बिहीबार, असोज १५, २०८३
मुख्यमन्त्री सम्मेलनको मिति सर्‍यो विराटनगरमा आयोजना हुने सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्रीको सहभागिता रहनेछ । सम्मेलनमा संघीयता कार्यान्वयनका विषयमा छलफल गर्ने सरक... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
भोटेकोसी बाढी प्रभावितलाई दिपक–हिमा दम्पत्तीको ११ लाख सहयोग बिहीबार, असोज १५, २०८३
वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने बिहीबार, असोज १५, २०८३
डडेल्धुराका २८ वर्षीय मेयर जोशीले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी बिहीबार, असोज १५, २०८३
परीक्षामा पास गराइदिने प्रलोभन देखाएर छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्