• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नयाँ सरकार निर्माणको चाबी जसपा भएपछि सुस्तायो कांग्रेस

64x64
लिलु डुम्रे आइतबार, चैत ८, २०७७  १९:०७
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई प्रतिस्थापन गर्न परिपक्व समय नआएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सुस्त देखिएको छ। र, कांग्रेसले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता नहुनुमा वैकल्पिक सरकार बनाउन मुख्य भूमिकामा रहेको जनता समाजवादी पार्टी अनिर्णित हुनुलाई लिएको छ। 

सरकार गठनका सन्दर्भमा जसपामा स्पष्ट रुपमा दुई धार देखिएको छ। प्रधानमन्त्रीलाई हटाउने निर्णय औपचारिक रुपमा जसपाले गर्न सकेको छैन। कांग्रेसले भने ओलीलाई हटाउन औपचारिक रुपमा दलमा निर्णय नगराएपनि आन्तरिक सहमति भने गरेकोे छ। ओलीइतरको सरकार बनाउन माओवादी केन्द्रले पनि जसपा कुरेको छ। जसपामा विवाद बढेपछि दुई पक्षीय तथा त्रिपक्षीय संवाद समेत हुने सकेको छैन।

नयाँ सरकार बनाउने निर्णायक शक्ति जसपा भएकाले उक्त दलले औपचारिक निर्णय नगरुन्जेल हतार नगर्ने कांग्रेसले प्रष्टाएको छ। ओलीलाई विदाई गर्ने विषयलाई जसपाले प्रधान विषय बनाए मात्रै नयाँ सरकार बन्ने कांग्रेसका एक नेताले बताए। ‘पहिले ओलीलाई हटाऔं, बाँकी कुरा संवादबाट समाधान खोजौं भन्ने हो। जसपा यो पक्षमा देखिएको छैन’ उनले भने। 

सर्वोच्चको फागुन २३ को फैसला लगत्तै जसपाले प्रधानमन्त्री ओली र कांग्रेससँग संवाद गरेको थियो। तर, ओलीलाई हटाउन जसपाले प्राथमिकता नदिएको कांग्रेसको बुझाइ छ। ‘उहाँहरु भित्र विरोधाभाष व्यवहार देखिएको छ। नयाँ सरकार बनाउने भन्दा ओलीसँग के पाइन्छ भन्नेतिर उहाँहरुको ध्यान छ’, कांग्रेसका एक नेताले भने, ‘प्रधानमन्त्रीलाई हटाउने निर्णय जसपाले गरे मात्रै गठबन्धन बन्न सक्छ।’

जसपाले निर्णय नगर्दा अविश्वासको प्रस्ताव दर्ता हुने नसकेको कांग्रेसको भनाइ छ। अविश्वासको प्रस्ताव दर्ता हुने तर, पारित हुन सकेन भने त्यसको आरोप आफूले व्यहोर्नुपर्ने भयमा कांग्रेस देखिएको छ। 

अविश्वासको प्रस्तावमा बहुमत पुर्‍याउन जसपाले कांग्रेसलाई ढुक्क बनाउन सकेको छैन। तीन दलको बहुमत झिनो अंकले मात्रै पुग्छ। कथमकदाचित, जसपाले असहयोग गर्‍यो भने अविश्वासको प्रस्ताव पारित हुँदैन। ‘कांग्रेसले प्रधानमन्त्री बन्न हतार गर्‍यो भन्ने पर्छ। अविश्वासको प्रस्ताव असफल भयो भने एक वर्षसम्म अर्को अविश्वासको प्रस्ताव दर्ता गर्न मिल्दैन’, कांग्रेसका एक नेताको भनाइ छ। प्रधानमन्त्री बन्न कांग्रेस लालायित भएको नकारात्मक सन्देश प्रवाह हुने सभापति शेरबहादुर देउवा पक्षको बुझाइ छ। 

परिपक्व अवस्था निर्माण नभई हतारमा अविश्वासको प्रस्ताव दर्ता गर्नतिर सभापति नलाग्ने नेता मीन विश्वकर्माले बताए। बहुमतका लागि संसदमा १३८ मत पुर्‍याउनुपर्दछ। कांग्रेसका ६१, माओवादी केन्द्र ४८, जसपा ३२ जना गरी बहुमत पुग्छ। झिनो बहुमतको संख्या अर्थात् १४१ जना पुग्न सम्भव हुन्छ। 

‘थोरै अंकले मात्रै बहुमत पुग्छ। जसपाले साथ दिएन भने भर नभएको लौरो टेक्ने स्थिति आउन सक्छ’, कांग्रेस नेताको भनाइ छ। १४१ मत सरकार बन्नको लागि सामान्य बहुमत मात्रै भएकाले परिस्थिति परिपक्व नबनेको बुझाई सभापति देउवाको रहेको विश्वकर्माले बताए। राजनीति शास्त्र अध्ययन गरेका सभापति देउवा त्यस विषयप्रति जानकार भएर नै नहतारिएको नेता विश्वकर्मा बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘मधेशका सन्दर्भमा कानुनले मिल्न सक्ने सबै समाधान निकाल्न हामी तयार छौं। कानुनले गर्न नदिने कुरामा राजनीतिक सहमति खोजेर सरकार बनाऔं भन्ने कांग्रेसको भनाई हो’, नेता विश्वकर्माले भने। अदालतमा विचाराधीन मुद्दामा बाहेक अन्यमा सहमति गरेर जान सकिने विश्वकर्माले बताए।

अदालतलाई असर पर्नेगरी जसपाको माग सम्वोधन गर्न नसकिने कांग्रेसले जनाएको छ। सर्वस्वसहित जन्मकैदको फैसलापछि जेलमा रहेका रेशम चौधरीको रिहाई, लाल आयोगको प्रतिवेदन सार्वजनिक, संविधान संशोधन लगायतका माग जसपाले उठाएको छ।

सरकार परिवर्तन कांग्रेस र माओवादी केन्द्रको इच्छाले मात्रै सम्भव छैन। बहुमत पुर्‍याउन जसपाको सहयोग अपरिहार्य छ। ओलीलाई हटाउन र नयाँ सरकार बनाउनमा कांग्रेस र माओवादी केन्द्र एकमत छन्। तर, यस विषयमा जसपाको शीर्ष तहको बैठक अनिर्णित हुँदै आएको छ। जसपा अनिर्णित हुँदा कांग्रेस र माओवादी केन्द्रसँगको संवादले गति लिएको छैन। 

जसपामा कुन पक्षसँग मिलेर सरकार बनाउने भन्नेमा मतान्तर छ। अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई वर्तमान सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन्। प्रधानमन्त्री ओलीप्रति सर्वाधिक वितृष्णा जाहेर गर्ने नेतामा भट्टराई छन्। मधेशकै मुद्दा पूरा गर्ने सहमतिसहित सरकारमा गएका यादव पनि ओलीसँग बिच्चिएका छन्। 

Xtrem

Xtrem

संघीय समाजवादी फोरमका तर्फबाट सरकारमा गएका उनले उठाएका मुद्दा त पुरा भएनन् नै। संविधान संशोधनको प्रस्तावलाई प्रधानमन्त्रीले लत्याइदिए। यादव दिल्ली भ्रमणमा रहेकै समय उनको मन्त्रालय परिवर्तन गरिएको थियो। सरकारमा बस्दा अपमानित भएको महसुस गरेका यादव ओली नेतृत्वकै सरकारमा जान नहुनेमा दृढ छन्। यद्यपि, पार्टीभित्र एकमत बनाउन नसक्दा यादव र भट्टराईको प्रयास हालसम्म निरर्थक देखिएको छ। 

वैकल्पिक सरकारका लागि आन्तरिक तयारीमा जुट्ने क्रम पनि क्रमशः कम हुँदै गएको छ। कांग्रेस र माओवादीको सरकार बन्ने अवस्था छैन। ओलीको निरन्तरताका लागि माओवादी केन्द्रले समर्थन गरिहने सम्भावना पनि छैन। वैकल्पिक सरकारको चाबी जसपामा छ। जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो वर्तमान सरकारसँगैको सम्मानजनत हिस्सेदारी लिएर ओलीको निरन्तरताका पक्षमा छन्। 

तर, जसपा अनिर्णित भएको टिप्पणीप्रति जसपा नेता राजकिशोर यादव सहमत छैनन्। कांग्रेसले नेतृत्व लिन तयार भएको र माओवादी केन्द्रले समर्थन फिर्ता लिएको औपचारिक निर्णय नगर्दा वैकल्पिक सरकार बन्ने प्रक्रिया अघि बढ्न नसकेको उनको भनाइ छ। 

‘माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिन पर्‍यो। कांग्रेसले सरकारको नेतृत्व गर्ने र माओवादी केन्द्र समर्थन फिर्ता लिएको औपचारिक निर्णय गरेको छैन। जसपालाई आरोप लगाउनुको अर्थ छैन’, यादवले भने। 

प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  १९:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले भोटेकोशी बाढी... बिहीबार, असोज १५, २०८३
वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको ‘जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन तथा उपयोगसम्बन्धी छलफल तथा अन्तरक्रिया’पछि... बिहीबार, असोज १५, २०८३
डडेल्धुराका २८ वर्षीय मेयर जोशीले घोषणा गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी गत भदौ २३ गतेको जेन–जी आन्दोलनपछि युवाहरूको राजनीतिमा प्रवेशबारे बहस बढिरहेका बेला जोशी भने त्यसअघि नै स्थानीय तहको नेतृत्वमा पुगिसक... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
भोटेकोसी बाढी प्रभावितलाई दिपक–हिमा दम्पत्तीको ११ लाख सहयोग बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्