काठमाडौं, ४ जेठ।
डिआईजी र एसएसपीको सरुवा र पदस्थापन भएको छ। गृह मन्त्रालयले शुक्रबार बढुवा भएका डिआईजीहरुलाई प्रदेश इन्चार्जमा पठाइएको छ।
सरुवा अनुसार प्रदेश १ मा केदार रिजाल, प्रदेश २ मा दिनेश अमात्य, प्रदेश ३ मा दीपक कुमार थापा, ४ मा दानसिंह बोहोरा, ५ मा शेरबहादुर बस्नेत, ६ मा सुरेशबिक्रम शाह तथा ७ मा शरद चन्दलाई पठाइएको छ।
त्यस्तै कार्यविभागमा छविलाल जोशी, मानव स्रोत विकास विभागमा ज्ञानबिक्रम शाह, तथा अपराध अनुसन्धान विभागमा धिरु बस्नेतको सरुवा भएको छ।
त्यस्तै सिआईबीमा नारायणसिंह खड्का, बिशेष ब्यूरोमा पिताम्बर अधिकारी र विमानस्थलमा कमल जिटीको सरुवा भएको छ।
सिआईबीका डिआईजी पुष्कर कार्कीलाई प्रहरी एकेडेमी पठाइएको छ भने मेट्रोमा मनोज नेउपानेको सरुवा भएको छ।
त्यस्तै बढुवा भएका एसएसपीहरुको पनि पदस्थापन गरी केहीको सरुवा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।