• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

चार दिनको अविरल वर्षापछिको बाढी पहिरोबाट २७ जनाको मृत्यु, ४ बेपत्ता, २ हजार बढीको उद्धार

64x64
नेपाल लाइभ बुधबार, असोज १४, २०८३  ०६:५८
1140x725

काठमाडौं। बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षा, बाढी र पहिरोमा परी देशभर २७ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता रहेका छन्। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १२ गते जारी गरेको स्थिति प्रतिवेदनअनुसार देशभर विपद्का ५४२ वटा घटना घटेका छन्। 

प्राधिकरणको तथ्याङ्कअनुसार पहिरोका ३०४ घटनामा २० जना, बाढीका ८७ घटनामा ४ जना र भारी वर्षाका १५१ घटनामा ३ जनाले ज्यान गुमाएका छन्। विपद्मा परी ८ जना घाइते भएका छन् भने १ हजार ८२ परिवार प्रत्यक्ष प्रभावित भएका छन्। भौतिक क्षतितर्फ २२७ वटा घर पूर्ण रूपमा तथा १४२ वटा घरमा आंशिक क्षति पुगेको छ। त्यस्तै, ३१ वटा पुल र १० वटा गोठमा क्षति पुग्नुका साथै ११४ वटा पशु चौपाया नष्ट भएका छन्।  

Ncell 2
Ncell 2
nimb
nimb

चार दिनको निरन्तर वर्षाका क्रममा देशभरका १८६ वटा मापन केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड गरिएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को डेढगाउँमा सबैभन्दा बढी ५४४.२ मि.मि., कास्कीको पञ्चासेमा ५००.२ मि.मि. र तनहुँको अत्रौलीटारमा ४७२ मि.मि. वर्षा मापन भएको प्राधिकरणले जनाएको छ।  

विपद्पछि सरकारका सम्पूर्ण संयन्त्र परिचालन गरी प्रभावित क्षेत्रबाट करिब २ हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। दुर्गम तथा जोखिमयुक्त स्थानबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ४,६६० जना सुरक्षाकर्मी परिचालन गरी खोज तथा उद्धार कार्य जारी राखिएको छ।  असोज ११ गते म्याग्दीको पाउद्धारबाट जोखिममा परेका ७८ जना, जाजरकोटको कुदुस्थित भेरी नदीको टापुबाट ४ जना तथा रसुवा, दैलेख, हुम्ला र मुगुबाट घाइते तथा बिरामीहरूको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो। यता, हिमलुङ हिमालमा क्याम्प स्थापना गर्न गएका २२ जना नेपालीमध्ये ४ जनाको शव फेला परेको र थप खोजी तथा उद्धार कार्य जारी रहेको प्रतिवेदनमा उल्लेख छ।  

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

विपद् पूर्वतयारीका लागि प्राधिकरणको ‘सिचुएसन रुम’ निरन्तर ७६ घण्टा सक्रिय राखिएको थियो। सम्भावित बाढी र पहिरोको जोखिमबारे टेलिकममार्फत ९ लाख ८० हजारभन्दा बढी नागरिकलाई सतर्कता एसएमएस, ४७ घण्टासम्म रिङ ब्याक टोन तथा ५ हजारभन्दा बढी रेस्पोन्डरहरूलाई अलर्ट सन्देश पठाइएको थियो। 

हाल मनाङ, म्याग्दी, बागलुङ, पर्वत, नवलपरासी लगायतका जिल्लाहरूमा स्थानीय तह, प्रशासन तथा सुरक्षा निकायको समन्वयमा विस्थापितहरूलाई अस्थायी आवास (विद्यालय, होल्डिङ सेन्टर, टेन्ट) तथा खाद्यान्नको व्यवस्था मिलाइएको छ। नदीहरूको जलसतह क्रमैसँग घट्दै गई स्थिति सामान्यतर्फ उन्मुख भइरहेको र अवरुद्ध सडक तथा पूर्वाधार खुलाउने प्रयास जारी रहेको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असोज १४, २०८३  ०६:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पहिलो १० ओभरमा कर्णाली याक्सको ७२ रन, तीन विकेट गुम्यो
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा?
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि...
सम्बन्धित सामग्री
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... तत्कालीन नगरप्रमुख देवनाथ साहु तेली, उपप्रमुख रेशम कुमारी थारू, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय श्रीधर केसी र अनन्त कुमार पौड्य... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ तीनदिने भ्रमण सकेर उनी आइतबार राति नयाँदिल्लीबाट काठमाडौं विमानस्थलमा ओर्लिएका थिए। मंगलबार, कात्तिक १०, २०८३
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम पोखरेलका अनुसार अर्णब चक्रवात हाल बंगालको खाडीमा अति शक्तिशाली चक्रवाती आँधीका रूपमा रहेको छ । उक्त चक्रवात भोलिसम्म भारतको विशाखापट... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
पहिलो १० ओभरमा कर्णाली याक्सको ७२ रन, तीन विकेट गुम्यो मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
एनपीएल–३ तेस्रो खेल: जनकपुर बोल्ट्सले टस जित्दै फिल्डिङ रोज्यो मंगलबार, कात्तिक १०, २०८३
ओलीको व्यङ्ग्य : ‘नक्कली भगवान् जन्मिएर हैरान छ’ मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्