• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मेनपावरका विज्ञापनमा फ्रि भिसा र टिकट, कामदारसँग भने ५ लाखसम्म असुली

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ४, २०७५  १४:३९
1140x725

काठमाडौं– अधिकांश म्यानपावर कम्पनीले पत्रपत्रिकामा विज्ञापन गर्दा फ्रि भिसा र फ्रि टिकटसहित रोजगारीमा जाने कामदारको माग गरेका हुन्छन्। म्यानपावर कम्पनीहरूले विज्ञापन फ्रि भिसा र फ्रि टिकटको व्यवस्था गरे पनि वैदेशिक रोजगारीमा जाने कामदारसँग भने ५० हजारदेखि ५ लाख रूपैयाँसम्म असुल्ने गरेको उजुरी परेका छन्। सरकारले तीन वर्षअघि वैदेशिक रोजगारीमा जाने कामदारका लागि फ्रि भिसा र फ्रि टिकट लागू गरेको थियो। 

तीन वर्ष अघिदेखि वैदेशिक रोजगार व्यवसायीले रोजगारदाता कम्पनीबाट डिमान्ड ल्याएपछि फ्रि भिसा र फ्रि टिकटको विज्ञापन गर्दै आएका छन्।

साउदी, कुवेत, ओमन, युएई, बहराइन, जोर्डन र मलेसियासहित सातवटा देशमा जाने कामदारका लागि फ्रि भिसा र टिकट लागू गरिएको हो। वैदेशिक रोजगार विभागमा आएका धेरै मुद्दामा सरकारले तोकेभन्दा बढी रकम म्यानपावरले लिने गरेका छन्।

काभ्रेका शम्भु थापाले कतार रोजगारीमा जान दीपज्योति ओभारसिज प्रालिमा १ लाख ५० हजार रुपैयाँ बुझाएका थिए। उनी २ महिनाअघि कतार गए, त्यहाँ पुगेपछि नेपालमा सम्झौता भएजस्तो काम र तलब सुविधा नपाएपछि स्वदेश फर्किए। उनले आफूले तिरेको रकम म्यानपावर कम्पनीमा पटक–पटक माग्न जाँदा वास्ता नगरेपछि विभागमा उजुरी गर्न आएको बताए। थापाले विभागमा मेनपावर कम्पनीलाई १ लाख ५० हजार दिएको मुद्दा दर्ता गराएका छन्। यस्तै, पोखराकी ममता गुरुङका श्रीमान् रानिए ओभरसिजबाट एक महिनाअघि युएई गएका थिए। 

श्रीमानले सुरक्षा गार्डका लागि म्यानपावरमा ४ लाख २० हजार रुपैयाँ बुझाएको ममताले बताइन्। ममताका श्रीमानले त्यहाँ सुरक्षा गार्डमा काम त पाए, तर नेपालमा भनेजस्तो तलब र सेवा कम्पनीले दिएन। म्यानपावर कम्पनीमा ४ लाखभन्दा बढी रकम बुझाएर रोजगारीमा युएई गए पनि उनीसँग जम्मा १० हजार रुपैयाँ तिरेको प्रमाण मात्र छ। 

Ncell 2
Ncell 2
nimb
nimb

गुरुङजस्तै म्यानपावर कम्पनीहरुले धेरै रकम लिएको भनेर उजुरी गर्न आउने धेरै हुने गरेको विभागले जनाएको छ। विभागमा फ्रि भिसा र टिकट लागू गरिएका देशमा जाने कामदारले ५ लाख रुपैयाँसम्म तिरेको उजुरी दर्ता भएका छन्। यस विषयमा विभागले तत्काल कारबाही अघि बढाउन सकेको छैन। 

विगत ९ महिनामा म्यानपावर कम्पनीहरुले रोजगारीमा जानेहरुसँग १ लाख रूपैयाँभन्दा बढी रकम उठाएको ५ सयभन्दा बढी उजुरी परेका छन्। व्यवसायीले कामदारसँग सरकारले तोकेभन्दा बढी रकम लिँदा मौखिक वा अन्य सामान्य सम्झौता मात्र गर्ने गरेका छन्। जसका कारण बढी रकम तिरेको प्रमाण कामदारसँग हँुदैन। सरकारले वैदेशिक रोजगारीका क्रममा हुने ठगी रोक्न प्रयास गर्दै आएको विभागका महानिर्देशक भुवनप्रसाद आचार्य बताउँछन्। विभागले प्रयास गरे पनि म्यानपावर र एजेन्टले कामदारलाई ठग्ने क्रम नरोकिएको उजुरीले देखाउने उनले बताए। 

महानिर्देशक आचार्यले भने, ‘रोजगारीका नाममा हुने ठगी अन्त्यका लागि ठग्ने व्यक्ति तथा म्यानपावर कम्पनीमाथि कारबाही हुन्छ।’ 

Xtrem
Xtrem

म्यानपावर कम्पनीमाथि अनुगमन नहुँदा ठगी बढ्दै गएको वैदेशिक रोजगारविज्ञ मधुविशाल पण्डित बताउँछन्। वैदेशिक रोजगारीमा जाने कामदारसँग रोजगार व्यवसायीले बढी रकम लिएको उजुरी विभागमा आउनासाथ अनुगमन र आवश्यक कारबाहीको प्रक्रिया सुरु गरिनुपर्ने उनको भनाइ छ। 

विभागमा चालू आर्थिक वर्षको ९ महिनामा व्यक्तिगत र संस्थागत गरी २ हजारभन्दा बढी उजुरी दर्ता भएका छन्। त्यसमा व्यक्तिगततर्फ ७ सय १४ र संस्थागतमा १३ सय ६९ उजुरी परेको विभागको मुद्दा शाखाले जनाएको छ। 

विभागको पछिल्लो तथ्यांअनुसार ७० करोड ६८ लाख ७ हजार रूपैयाँ बिगो दाबीसहित पीडितले उजुरी गरेका छन्। जसमा विभागले संस्थागत र व्यक्तिगत गरी ३७ करोड २० लाख रूपँया क्षतिपूर्ति भराएको छ। हालसम्म व्यक्तिगत १ सय ९८ र संस्थागततर्फ ६ सय ६७ उजुरी फरफारक गरिएको विभागले जनाएको छ।

त्यस्तै, अदालतमा २० करोड ५८ लाख ७७ हजार ६ सय २ रुपैयाँ बिगो दाबीसहितका मुद्दा पठाइएको विभागले जानकारी दिएको छ। अदालतमा संस्थागततर्फको बिगो दाबी परेको छैन। फ्रि भिसा र टिकट लागू भएयता ५ हजारभन्दा बढी उजुरी दर्ता भएका छन्।

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०७५  १४:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १ हजार ४५४ जनाको शव फेला
चार दिनको अविरल वर्षापछिको बाढी पहिरोबाट २७ जनाको मृत्यु, ४ बेपत्ता, २ हजार बढीको उद्धार
देशभर आंशिक बदली, केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४५४ जनाको शव फेला बुधबार, असोज १४, २०८३
चार दिनको अविरल वर्षापछिको बाढी पहिरोबाट २७ जनाको मृत्यु, ४ बेपत्ता, २ हजार बढीको उद्धार बुधबार, असोज १४, २०८३
देशभर आंशिक बदली, केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना बुधबार, असोज १४, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बुधबार, असोज १४, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै, ३ मन्त्री उपस्थित हुँदै बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्