काठमाडौं– गृह मन्त्रालयले डिआईजीहरुको सरुवा तथा पदस्थापन गरेको छ। सरुवाअनुसार महानगरीय प्रहरी कार्यालयमा मनोज नेउपाने तथा प्रहरी एकेडेमीमा पुष्कर कार्कीको सरुवा भएको छ। नेपाउने प्रहरी महानिरीक्षकको सचिवालय तथा कार्की सिआईबीमा कार्यरत थिए।
शुक्रबार बढुवा गरेर फुली लगाएका १६ जना डिआईजीको पनि पदस्थापन भएको छ। सातै प्रदेशमा इन्चार्जका रुपमा डिआईजी पठाइएको छ।
सरुवा अनुसार प्रदेश १ मा केदार रिजाल, प्रदेश २ मा दिनेश अमात्य, प्रदेश ३ मा दीपक कुमार थापा, ४ मा दानसिंह बोहोरा, ५ मा शेरबहादुर बस्नेत, ६ मा सुरेशबिक्रम शाह तथा ७ मा शरद चन्दको पदस्थापन भएको छ।
त्यस्तै कार्यविभागमा छविलाल जोशी, मानव स्रोत विकास विभागमा ज्ञानबिक्रम शाह, तथा अपराध अनुसन्धान विभागमा धिरु बस्नेतको सरुवा भएको छ। त्यस्तै सिआईबीमा नारायणसिंह खड्का, बिशेष ब्यूरोमा पिताम्बर अधिकारी र विमानस्थलमा कमल जिटीको सरुवा भएको छ।
शुक्रबार मात्र केदार रिजाल, शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपक कुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का, रबिन्द्र प्रसाद शर्मा, कमल जिटी, महेन्द्र कुमार पोखरेल, महेश बिक्रम शाह, प्रेम चन्द, श्याम खड्का, दानसिह बोहोरा, सुशील भण्डारी, रामप्रसाद श्रेष्ठ र सुरज केसी डिआईजीमा बढुवा भएका छन्। उनीहरुको साँझ गृह मन्त्रालयले पदस्थापन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।