नयाँदिल्ली– आइपिएल डेब्युमा प्रभावशाली प्रदर्शन गरेका नेपाली खेलाडी सन्दीप लामिछाने आजको चेन्नईविरुद्धको खेलमा पनि परेका छन्। दिल्ली डेयरडेभिल्सले २ खेलाडी परिवर्तन गरेपनि सन्दीप टिममा परेका छन्।
दिल्लीले ज्यासन रोय र जुनियर डालालाई हटाएर ग्लेन म्याक्सवेल र अभेस खानलाई टिममा ल्याएको छ। खेलमा चेन्नइले टस जितेर बलिङ रोजेको छ।
प्लेअफबाट बाहिरिएसकेको दिल्लीका लागि यो प्रतिष्ठाको खेल मात्र हुनेछ। १२ खेल खेलेको दिल्लीले ३ खेल मात्र जितेको छ। १२ खेल खेलेको चेन्नई ८ जितका साथ दोस्रो स्थानमा छ। चेन्नईका कप्तान महेन्द्रसिंह धोनी छन् भने दिल्लीमा श्रेयास इयार छन्।
पहिलो खेलमा दिल्लीका लागि सन्दीपलाई ओपनिङ बलिङ ल्याएको थियो। जसमा सन्दीपले ४ ओभरमा २५ रन दिएर १ विकेट लिएका थिए। जसकारण अर्काे खेलमा पनि उनी टिममा परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।