काठमाडाैं- स्विडेनले विमान उडान र अवतरण गरेबापत शुल्क लिने भएकाे छ। सरकारले यो कदम विश्वको पहिलो भएकाे दावी गरेकाे छ।
सरकारले त्यहाँबाट उठाइएकाे पैसाले हरित गृह निर्माण गर्ने बताएकाे छ।
'विभिन्न प्रकारका विमान र ईन्धनबाट हुने वातावरण प्रदुषण कम गर्न हामीले याे नियम लागु गरेका हाैं। अर्काेतर्फ एयरलाइन्सहरुले हामी वातावरण प्रदुषणकाे मुद्दालाई गम्भीरताका साथ लिइरहेको छाैं भनेर देखाउन पनि सक्नुपर्छ, ' वातावरणीय मन्त्री पेर बोलुण्डले भने।
सरकारले याे नियम लागु गरेरै छाड्ने बताएकाे छ। स्विडेन प्रदुषणको गुणस्तर राम्रो भएकाे देश मानिन्छ।
विख्यात येले र कोलम्बिया युनिभर्सिटीले ‘वल्र्ड इकोनोमिक फोरम’ सँगको साझेदारीमा सार्वजनिक गरेकाे ‘इन्भारोमेन्ट परफरमेन्स इन्डेक्स २०१८’ (ईपीआई) प्रतिवेदनअनुसार स्विडेनकाे वायु प्रदुषणको गुणस्तर ८०.५१ थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।