काठमाडौं- नेपाल राष्ट्र बैंकले एम एण्ड एम रेमिट्यान्सबाट कारोबार नगर्न बैंक तथा वित्तीय संस्था र विप्रेषणको काम गर्ने अरु कम्पनीहरूलाई निर्देशन दिएको छ।
मौरिससमा मुख्यालय रहेको यो कम्पनीले नेपालमा पनि रेमिट्यान्स सेवा दिइरहेको थियो। तर, विप्रेषण आप्रवाह सम्बन्धी राष्ट्र बैंकले जारी गरेको नियम र वित्तीय अनुशासन पालना नगरेपछि उक्त कम्पनीमार्फत् कारोबार रोक्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ।
बैंक तथा वित्तीय संस्था तथा विप्रेषणको कारोबार गर्ने विप्रेषकहरुले मौरिससस्थित एम एण्ड एम रेमिटसँगको सहकार्यमा विप्रेषण कारोबार गरिरहेको भए उक्त रेमिटसँग कुनैपनि कारोबार नगर्न/नगराउन राष्ट्र बैंकको निर्देशनमा भनिएको छ।
त्यस्तै, उक्त रेमिटसँग लिनु पर्ने कुनै रकम भए त्यस्तो रकम तत्काल असुल उपर गर्न पनि राष्ट्र बैंकले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।