काठमाडाैं- सरकारले गहुँको समर्थन मूल्य तोकेको छ। चालु आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको हो।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार एक सय ११ रुपैयाँ तोक्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले बताए।
आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले रक्सौलदेखि काठमाडौंसम्म बोर्ड गेज रेलमार्ग निर्माणकाे काम अघि बढाउन नेपाल सरकार र भारत सरकारबीच समझदारी गर्ने निर्णय समेत भएको बताए।
समझदारी पत्रमा हस्ताक्षर गर्न रेल विभागका महानिर्देशकलाई अख्तियारी दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।