काठमाडौं–नेपाली बजारमा आइतवार सुनचाँदीको मूल्य उकालो लागेको छ।
शुक्रवार ८६ हजार ७ सय रुपैयाँमा प्रतितोलामा कारोबार भएको छापावाला सुनको मूल्य आज सुन प्रतितोला ५ सयले बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
छापावाला सुन आज ८७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। त्यस्तै, आज तेजावी सुनको मूल्य ८६ हजार ७ सय ५० रुपैयाँ प्रतितोला रहेको महासंघले जनाएको छ।
यसैगरी शुक्रवारको तुलनामा आज चाँदी मूल्य पनि तोलामा ५ रुपैयाँले बृद्धि भएको छ। शुक्रवार प्रतितोला चाँदी १२ सय ७५ मा कारोबार भएको चाँदीको मूल्य आज १२ सय ८० रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।